काठमाडौं, २७ वैशाख । काठमाडौं जिल्लाको कोटेश्वरमा रहेको गेष्ट हाउसमा अर्काकी पत्नीसँगको अवैध यौनसम्बन्ध र त्यसपछि हत्या गरेको अभियोगमा प्रहरीले सिन्धुपाल्चोकका बद्रीप्रसाद तिमल्सिनालाई गिरफ्तार गरेको छ ।
काभ्रे जिल्लाको महांकालचौर– ८ निवासी २८ वर्षीया महिला लक्ष्मी तामाङलाई वैशाख २३ गते राति ५१ वर्षीय बद्रीप्रसाद तिमल्सिनाले हत्या गरेको प्रहरीले जनाएको छ । यी दुईबीच लेनदेन र अवैध यौनसम्बन्धका कारण अवस्था हत्यासम्म पुगेको जनाइएको छ ।
लक्ष्मी र बद्रीले कोटेश्वरस्थित होटल होम एण्ड गेष्टहाउसको कोठा नं.३०४ गलत परिचय र ठेगाना राखेर बसेका थिए ।
उनीहरूले वैशख २३ गते करीव ५ बजे कोठा बुक गरेका थिए । वैशाख २४ गते बिहान साढे ११ बजे होटेलको कोठामा लक्ष्मी तामाङको शव फेला परेपछि तत्काल प्रहरीलाई खबर गरिएको थियो ।
लक्ष्मीको हत्यामा संलग्न बद्रीप्रसाद तिमल्सिना सिन्धुपाल्चोक जिल्लाको ईन्द्रावती गाउँपालिका– ५ निवासी हुन् । लक्ष्मीको हत्यापछि फरार रहेका तिमल्सिनालाई प्रहरीले वैशाख २६ गते पक्राउ गरेको मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रहरीले मृतक लक्ष्मी तिमल्सिनाको मोबाईल थान– १, नगद रु.९५ हजार, सुनको जस्तो देखिने मृतकको तिलहरी थान– १ फेला पारेको जनाएको छ ।
लक्ष्मी तामाङका पति रोजगारीको शिलशिलामा मलेसियामा कार्यरत छन् । पति बाहिर भएका बेला परपुरुष बद्रीप्रसाद तिमल्सिनासँगको अनैतिक यौनसम्बन्ध तथा नगद लेनदेनका विषयमा विवाद हुँदा लक्ष्मीले अनाहकमा ज्यान गुमाउनु परेको प्रहरीको प्रारम्भीक अनुसन्धानले खुलाएको छ ।
बद्रीप्रसाद तिमल्सिना रोजगारीको साउदी अरबमा थिए । साउदीमा रहँदा बद्रीले लक्ष्मी तामाङलाई पटक–पटक फोन गर्ने गरेका थिए ।
झाँगिदै गएको लक्ष्मी र बद्रीबीच अबैध प्रेम र यौनसम्बन्धलाई लुकाउन लक्ष्मीले प्रयास गरेकी थिइन् । अरुले थाहा पाउँछन् भनेर लक्ष्मीले बद्रीसँग गोठमा गएर फोनमा कुरा गर्ने गरेकी थिइन् ।
बद्री २०७४ साल चैत २० गते नेपाल आएर पटक–पटक फोनमा सम्पर्क गर्नुका साथै यौनसम्बन्ध राख्ने गरेको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।
अनुसन्धानबाट खुल्न आएका कुराहरु
मृतक लक्ष्मी तामाङसँग बद्री प्रसाद तिमल्सिनाको साउदीमा भएको अवस्थामा करिब १८ महिना पहिलादेखी फोन मार्फत कुराकानी भई चिनजान भई बारम्बार फोन सम्पर्क गर्ने गरेको ।
बद्री प्रसाद तिमल्सिना साउदी अरबबाट २०७३ साल चैत्र महिनाको २० गते नेपाल आए पछि लक्ष्मी तामाङसँग बारम्बार फोन सम्पर्क भएको ।
मृतक लक्ष्मी तामाङको श्रीमान पनि बैदेशिक रोजगारीको शिलसिलामा मलेशिया गएको , घर परिवारका अन्य सदस्यहरुले थाहा नपाउन भनेर प्राय गोठमा गएको बेलामा फोन सम्पर्क गर्ने गरेको ।
लक्ष्मी तामाङ र बद्री प्रसाद तिमल्सिना विचमा दुई पटक काठमाण्डौंमा भेटघाट भएको र होटलमा गई बस्ने गरेको र अर्थिक कारोबार समेत भएको ।
मिति २०७४ साल बैशाख महिनाको २३ गते अं.१६:०० बजेतिर कोटेश्वरमा भेट भई खाजा खाई कोटेश्वरस्थित होटल होम एण्ड गेष्टहाउसको कोठा नं.-३०४ मा गई आफ्नो नाम ठेगाना र फोन नं. फरक लेखी बसेको ।
२०७४/०१/२३ गते राती लक्ष्मी तामाङसँग बद्री प्रसाद तिमल्सिनाले पहिलेको कारोबार समेतको बिषयलाई लिई बादविबाद गरी निज लक्ष्मी तामाङलाई सलको पासो समेतले घाँटी कंसी कर्तव्य गरि मारी बेडमा नै सिरकले छोपी रातभर आफु कोठामा नै बसी मृतकको साथमा रहेको सुनको सिक्रि थान-१ नेक्लेश थान-१,बेरुवा औंठी थान-१,मुन्द्रा थान-८,माछा आकारको कानमा लगाउने टप,नगद रु.५०० र मृतकको मोवाईल थान-२ समेत लिई होटलवालाले शंका नगरोस् भनेर तिन जनालाई खाना अर्डर गरि आफु एयरपोर्ट जान्छु भनि हिंडेको ।
हत्या गर्ने योजना पहिला नै भएका कारण गेष्ट हाउस नजिकैको किराना पसलबाट रु.१० को प्लाष्टिकको डोरी समेत खरिद गरि लगेको ।
अनुसन्धान पश्चात् निज अभियुक्त बद्री प्रसाद तिमल्सिनालाई काठमाण्डौं आएको अवस्थामा मिति २०७४/०१/२६ गते अपराध महाशाखाको प्रहरी टोलीले पक्राउ गरि थप कानुनी कारवाहीको लागी महानगरीय प्रहरी वृत्त बानेश्वरपठाईएको ।
No comments:
Post a Comment