• Breaking News

    5.07.2017

    प्रधानन्यायाधीश कार्कीले अदालत पुगेर आइतबार के गरिन्?

    २५ वैशाख, काठमाडौं।

    महाभियोग प्रस्ताव यथास्थितिमा राख्न र प्रधानन्यायाधीशलाई काममा फर्काउन सर्वोच्चले दिएको आदेशअनुसार आइतबार सुशीला कार्की सर्वोच्च अदालतमा फर्किइन् । तर, उनले आफ्नो लागि कुनै इजलास तोकिनन् । आजको नयाँ पत्रिकामा खबर छापिएको छ।

    सर्वोच्च अदालत परिसरमा बिहान ९ बजेर २० मिनेटमा पुगेकी कार्कीले ९ बजेर २७ मिनेटमा हाजिर गरिन् । हाजिर गरेसँगै उनले नौवटा इजलास तोकेर मुद्दा बाँडफाड गरिन् । न्यायाधीशहरुका लागि एकल र संयुक्त गरी नौवटा इजलास ताकेर उनी आफू भने कार्यकक्षमा फाइल हेरेर समय बिताइन् ।

    सर्वोच्चमा सधैं चमक देखिने उनको अनुहार आइतबार अलि उदास थियो । अपराह्न ३:४० मा उनी सर्वोच्चबाट बाहिरिइन् । संसद्मा महाभियोग प्रस्ताव दर्ता भएसँगै प्रधानन्यायाधीश कार्की निलम्बनमा परेपछि वरिष्ठतम् न्यायाधीश गोपाल पराजुली कामु प्रधानन्यायाधीश तोकिएका थिए ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र