• Breaking News

    5.07.2017

    श्रीमान श्रीमती बनेर गेष्ट हाउसमा बस्दा भेटियो लाश

    काठमाडौं, २५ वैशाख
    कोटेश्वर आकासेपुलस्थित होटल होम गेष्ट हाउस एण्ड रेष्टुरेण्टको तेस्रो तलामा एक महिलाको हत्या भएको छ । सो गेष्ट हाउसको ३०४ नम्बरको कोठामा काभ्रे महाँकालचौर–८ घर भएकी २८ वर्षीया लक्ष्मी तामाङको हत्या भएको हो ।

    मृतक तामाङ र वतन नखुलेका विष्णु सापकोटा नाम गरेका व्यक्ति शनिबार श्रीमान श्रीमती भनी सो गेष्ट हाउसमा बसेका थिए । आइतबार विहान विष्णु सापकोटा एयरपोर्टबाट साथी लिएर आउँछु भनी गएका थिए । तर लामो समयसम्म पनि उनी नफर्केपछि गेष्ट हाउसमा काम गर्ने व्यक्तिहरुले कोठामा गई हेर्दा कोठाको बाहिर पट्टीबाट चुकुल लगाएको र कोठा भित्र तामाङ्ग घाँटीमा निल डाम भएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

    सो घटनापछि सापकोटा फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । राजधानी बाट 

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र