• Breaking News

    5.08.2017

    महिलालाई उभिएर पिसाब फेर्ने तालिम दिइँदै



    एजेन्सी । अष्ट्रियाको एक राजनितिक ग्रीन पार्टीमा महिलाहरुलाई उभिएर पिसाब फेर्ने तालिम दिन लागिएको छ । विषेश बैठक बसेर पार्टीले महिलाहरुलाई सार्वजनिक शौचालयमा उभिएर कसरी पिसाब फेर्न सकिन्छ भनेर सिकाउन लागेको हो । ग्रीन पार्टीले यस्ता थुप्रै कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ जसले महिलाहरुलाई फाइदा पुर्‍याउँछ ।
    यो कार्यक्रम सार्वजनिक हुनासाथै विभिन्न सामाजिक सञ्जालमा यसको मजाक बनाइएको थियो तर वास्तवमा यो स्वास्थ्यका लागि फलदायी कार्य हो । त्यसै कारण थुप्रै महिलाहरुले भने यस कार्यक्रमको सर्मथन गरिरहेका छन् ।
    स्थानीय परामर्शदाता मार्था गुन्जलले जमर्नीको एक समाचार संस्थालाई बताइन् की उनी सामाजिक सञ्जालको प्रतिक्रिया देखेर अचम्म परिन् । उनले भनिन्, ‘हामी सधैँ विवादास्पद विषयमा चर्चा गछौँ । यो जरुरी छ किनकी यस बारे पहिले कहिल्यै कुरा भएको छैन । यो ट्रेनिङ अनौठो लागेपनि सबै महिलाका लागि फाइदाजनक रहेको छ । यस्ता विषय उठाउनै पर्छ ।’ उनले थप बताइन् की यसका कारण उनलाई थुप्रै धम्कीहरु पनि आइसकेको छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र