• Breaking News

    5.23.2017

    ओलीलाई झम्टिदैं देउवाले भनेः म प्रधानमन्त्री हुँदा तपाईलाई के अफ्ठ्यारो ?


    काठमाण्डु, ९ जेठ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भनाभन भएको छ । मंगलबार संसद भवन बानेश्वरमा भेट्नासाथ देउवा र ओलीबीच भनाभन भएको छ ।

    प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा कुराकानी गरिरहेका बेला ओली पुगेका थिए । उनले प्रधानमन्त्री प्रचण्डलाई अहिले किन छाड्नु पर्‍यो भनेपछि देउवा आक्रोसित बनेको स्रोतले जनाएको छ ।
    देउवाले ओलीलाई म प्रधानमन्त्री हुँदा तपाईलाई के अफ्ठ्यारो ? भन्दै प्रश्न गरेका थिए ।
    मंगलबार विहान बालुवाटारमा भएको तीन दलको बैठकमा पनि ओलीले देउवाको आलोचना गरेका थिए । दिउँसो एमालेले गरेको पत्रकार भेटघाटमा पनि एमाले अध्यक्ष ओलीले देउवाको चर्को आलोचना गरेका थिए ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र