• Breaking News

    5.23.2017

    महानगरमा काँग्रेसले खाता खोल्यो, चिरीबाबु महर्जन बने ललितपुर महानगरपालिकाको पहिलो मेयर


    ललितपुर, १० जेठ । ललितपुर महानगरपालिकाको मेयर र उपमेयर जितेर नेपाली काँग्रेसले महानगरपालिकामा खाता खोलेको छ ।

    नेपाली काँग्रेसका चिरीबाबु महर्जन मेयरमा विजयी भएका हुन् । मंगलबार मध्यराति आएको मतपरिणाम अनुसार, निकटतम प्रतिस्पर्धी एमालेका हरिकृष्ण व्यन्जनकार ३६५ मतले पराजित भएका छन् ।

    राति साढे १ बजे घोषित अन्तिम नतिजाअनुसार महर्जनले २४ हजार ६६६ मत पाए । उनका अनुसार निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले २४ हजार ३०१ मत ल्याए ।

    उपमेयरमा पनि काँग्रेसकै गीता सत्याल विजयी भएकी छिन् । कांग्रेसकी सत्यालले १९ हजार २३६ मत ल्याइन् । उनकी निकटतम प्रतिद्वन्द्वी साझा पार्टीकी शोभा शाक्यले १४४३३ मत पाएकी छन्।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र