• Breaking News

    5.09.2017

    यी हुन्, रूसका १० खतरनाक हतियार, जसका कारण रूससँग अन्य देश डराउँछन्

    मङ्गलबार, बैशाख २६,
     रूस आज आफ्नो विजय दिवस मनाइरहेको छ । हरेक दिन मे ९ मा जर्मनी माथि विजय हाँसिल गरेको स्मरणमा हरेक बर्ष मे ९ मा रुसले विजय दिवस मनाउने गर्छ ।
    विजय दिवस रुसको महत्वपूर्ण दिन हो । जसले आम नागरिकलाई देश प्रेमको भावनालाई संचार गराउछ । यो दिन दोस्रो विश्व युद्धमा मारिएका रशियन सैनिकलाई सम्झना गरिन्छ ।
    रूसको राजधानी मस्कोमा सैनिक परेड समेत आयोजना गरिन्छ । साथै देशका एक से एक हतियार समेत प्रर्दशन गरिन्छ । यही क्रममा आज हामी तपाईलाई रुसका १० खतरनाक हतियारका बारेमा जानकारी दिदैंछौ । यही कारण रुस शक्तिशाली देशको शिर्ष स्थानमा रहन्छ ।
    १. एस–४०० मिसाइल डिफेन्स सिस्टम
     
    ६ सय किलोमिटरको जाँचबुझ गर्न सक्ने साथै ४ सय किलोमिटर मार हान्न सक्ने क्षमता भएको एस–४०० मिसाइल डिफेन्स सिस्टमको निर्माण रुसी सरकारी कम्पनी अल्मान्ज अन्तेयले गरेको हो । यसलाई सन् २००७ मा रुसी सेनामा सामेल गरियो । प्रत्येक एस–४०० मिसाइल प्रणाली सय देखि तीन सय लक्ष्यसम्म नजर राख्न सक्छ । यहो प्रणाली मार हान्ने क्षमतामा ३६ लक्ष्यलाई एकै साथ निशाना बनाउने सक्छ ।
    २. हेलीकप्टर एमआई–३५
    एमआईएमआई-२४ को आधुनिक भर्जन हो । यसलाई उडिरहेको ट्यांक भनिन्छ । तिव्र गतिमा उड्ने यो हेलिकप्टरबाट ट्यांक पनि उडाउन सकिन्छ । यसमा यती धेरै लोड गर्न सकिन्छ । जसले आधार शहर तहस नहस गर्न सक्छ । अमेरिकाको आुधिन लडाकु हेकिप्टर अपाचे लान्गबो पनि यसका अघि केही होइन । यसमा प्रयोग गरिएको टेक्नोलोजी यती जवरजस्त छ की पायलटले मिनेटमै निशाना लगाउन सक्छ । रुसले यो टेक्नोलोजी अहिलेसम्म कुनै पनि देशलाई बेचको छैन ।
    ३. एडमिरल कुजेनेत्सोव
    रुसको यो युद्ध जाहाज संसारको एकमात्रा यस्तो पोत हो जो कुनै पनि किसिमका एन्टी व्यालेटिक मिसाइल र पनडुव्वीसँग सुसज्जीत छ । यसलार्य सन् १९९० मा समुन्द्रमा उतारिएको थियो । रूसले यसलाई अहिले आधुनिक बनाएको छ ।
    ४. परमाणु सब–यूरी दोग्लोरुकी
    रुसले वायु सेनाका साथै सबैभन्दा धेरै ध्यान समुद्री शक्तिमा दियो । अटलान्टिक ओसियनमा आफ्नो दवदवा कायम राख्न उसले समुद्री शक्तिमा ध्यान दिएको हो । रुसले यसमा सफलता समेत हात पारेको छ । न्यूक्लियर सबमरी यूरी डग्लोरुकी यसैको एक उदाहरण हो । यसको निर्माण १९९६ मा शुरु भएको थियो । जसलाई जनवरी २०१३ मा लन्च गरिएको थियो । न्यूक्लियर वेपन्सले सुसज्जीत यो साउन्डप्रूफ छ ।
    ५.हाइपरसोनिक रकेट वाईयू–७१
    ‘प्रोजेक्ट ४२०४’ नामको गोप्य कोडका साथ रुसले वाईयू–७१ हाइपरसोनिक मिासाइल बनाएको छ । यसको स्पिड १२ हजार किलोमिटर प्रतिघण्टा छ । यो मिसाइलको निर्माणमा डिफेन्स सिस्टमलाई पनि जोड दिइएको छ । सिरियामा रुसले यही मिसाइलको प्रयोग गरेर अमेरिकालाई थर्काएको थियो । रुस लामो समय देखि परमाणु हतियारको लागि हाइपरसोनिक मिसाइल बनाउने कोशिसमा लागेको थियो । अब हाइपरसोनिकमा उसले सफलता हात पारेको छ ।
    ६. सुखोई एसयू–३५
    रुसको यो फाइटर जेट सुखोइ एसयू–३५, एसयू–३० को नयाँ भर्जन हो । जसलाई २००७ मा बनाइएको थियो । रुसले यो जेट अमेरिकाको एफ–१६ लाई टक्कर दिनका लागि बनाएको हो । यसको शक्तिलाई यसरी अनुमान लगाउन सकिन्छ की अमेरिकाले बाध्य भएर यसको जवाफलमा एफ–३५ बनाउनु परेको थियो । यसको गति २५ सय किलोमिटर प्रतिघण्टा छ । अहिले रुसको मिसाइल कम्पनी यसको गति बढाउन लागी परेको छ ।
    ७. रोबट ट्यांक
    रुसको अधिकांश सिमा हिमाली भेगमा छ । काहिँ–काहिँको तापक्रम –३० डिग्री हुनु सामान्य कुरा हो । यस्ता सिमामा तैनाथ गर्न रोबट ट्यांक बनाइएको हो । आर्मीका जवान सिमाभन्दा पाँच किलोमिटर टाढा टेन्टमा बसेर रोबर्टलाई अपरेट गर्ने गर्छन् । रोबटमा यस्तो सेन्सर पनि लगाइएको छ की जसले खतरा हुने वित्तिकै अपरेटरलाई म्यासेज पठाउँछ । यसका साथै सिमामा बारुदी सुरुङको रोबटले पत्ता लगाउछ । यसले युद्धको समयमा आर्मीलई बोर्डर पार गर्न मद्दत गर्छ ।
    ८. सुखोई टी–५०
    रुसको यो फाइटर जेट सुखोई टी–५० सुखोई टी–३० को आधुनिक भर्जन हो । यसको निर्माण अमिेरिकाको फाइटर जेटलाई टक्कर दिनका लागि गरिएको हो । यसको सफल परिक्षण २९ जनवरी २०१० मा गरिएको थियो । करीब २४४० प्रतिघण्टाको स्पीडमा उडान भर्न सक्ने यो फाइटर जेट परिक्षणले पुरै संसार चकित बनेको थियो ।
    ९. वारशिप प्योत्र वेलिकी
    समुन्द्रमा रुसको प्योत्र वेलिकी वारशिपको शक्तिका कारण संसारका शक्शिाली देश समेत डराउछन् । यसको निर्माण सन् १९८६ मा भएको थियो । यसपछि यसलाई आधुनिक बनाउने तयारी समेत भइरहेको छ । एटमिक पावरले चल्ने यो वारशिप नेटोका देश ‘फाइटर जेट्स किलर’को रुपमा बताउँछन् । यसको तागतको अन्दाज यसरी लगाउन सकिन्छ की यसले व्यालेस्टिक मिसाइललाई पनि सेकेन्डमै गिराउन सक्छ ।
    १०. तुपोलेव टीयू–१६०
    रूसको तुपोलय टीयू–१६० संसारको सबैभन्दा ठूलो बमबर्षक विमान हो । यसलाई आधिकारीकरुपमा सन् १९८१ डिसेम्बरमा सेनमा सामेल गरिएको थियो । यसको गति २२५० किलोमिटर प्रतिघण्टा छ । रिपोर्टका अनुसार यसलाई अहिले आधुनिक बनाएर अझ खतरनाक बनाइएको छ । एजेन्सी

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र