मंगलबार, बैशाख २६,
एजेन्सी । इंगल्याण्डको म्यान्चेस्टरमा बस्ने यो जोडी पछिल्लो ६७ वर्षसम्म सँगै जीवनयापन गरेपछि अब अन्तिम सास पनि सँगै लिइरहेका छन् । वास्तवमा, ८७ वर्षका बिएट्रिश वाइटहेड पछिल्लो ६ वर्षदेखि हड्डीको क्यान्सरसँग लडिरहेकी छिन् । यस्तै, उनका बाल्यकालका प्रेमी ९० वर्षका उनका श्रीमान् बर्ट हरेक कदममा उनीलाई साथ दिन तयार छन् । यो जोडीको विवाह सन् १९५० मा भयो, त्यतिबेला ब्रिएटिश १५ र बर्ट १७ वर्षका थिए ।
यी दुईको विवाह भएको ६७ वर्ष भइसकेको छ तर उनीहरुबिचको प्रेम अहिलेसम्म पनि त्यस्तै छ । अहिले उनीहरुका चार सन्तान, चार नाती नातीना र पाँच पनाती पनातीना छन् ।यो जोडीकी ५२ वर्षीया छोरी सुज्यानका अनुसार उनकी आमा पछिल्लो ६ वर्षदेखि क्यान्सरले ग्रसित छिन् ।
उनी भन्छिन्, ‘आमालाई अस्पतालमा भर्ना गराउनुपर्यो र त्यसको केही समयपछि बुवाको पनि स्वास्थ्य बिग्रन थाल्यो । अन्त्यमा उनलाई पनि अस्पताल भर्ना गर्नुपर्यो । उहाँहरुको प्रेम यति गहिरो छ कि आमाले बिचमा नै आफ्नो उपचार रोकिदिनुभयो ।’यस्तै रोयल बोल्टन अस्पतालका कर्मचारीले दुबैबिचको प्रेम देखेर अन्तिम समयमा सँगै राख्ने निर्णय गरे । अस्पतालका कर्मचारीले दुबैको बेड नजिकै राखिदिए ता कि दुबैले एक अर्काको हात समाउन सकून् ।
जोडीका ज्वाईं स्टिफन हलका अनुसार जब दुबैलाई एउटै कोठामा सँगै राखियो तब बर्ट खुसीले मुस्कुराउन थाले । ‘त्यो पल निकै भावुक बनाइदिने किसिमको थियो,’ उनले भने ।– अस्पतालका एक प्रवक्ताका अनुसार उनीहरुलाई अन्तिम समयमा सँगै राख्ने प्रयासस्वरुप यस्तो गरिएको जानकारी दिए ।


No comments:
Post a Comment