• Breaking News

    5.24.2017

    उनले भिनाजु नै किन रोजिन.


    सामान्यतः केटि मानिसहरु आफु कुमार केटासँग आफ्नो विवाह होस् भन्ने चाहन्छन् । तर, जोतपूरकी कोमलले भिनाजुसँग विवाह गरेर साहसी पूर्ण काम गरेकी छिन् ।आफ्नी दिदी अवनीको दुर्घटनाका कारण मृत्यु भएपछि कोमलले भिनाजुसग विवाह गर्ने निर्णय लिइन् । जोतपूरस्थित नवाथढका चन्दूभाइ सावलियाकी छोरी अवनीको विवाह जामनगरका भावेशसँग भएको थियो । उनीहरुको एक स्मित नाम गरेको छोरा पनि छ । केही समयअघिमात्रै एक दुर्घटनामा परेर अवनीको मृत्यु भयो भने, छोरा स्मितको दाहिने हात गुम्यो ।कोमलले स्मितलाई सानैदेखि हुर्काएकी थिइन् । आफ्नी आमासँग भन्दा पनि बढि स्मित सानीमा कोमलसँग मान्ने गथ्र्यो । दिदीको मृत्युपछि कोमललाई यदि भिनाजुले अरु कसैसँग विवाह गरे छोरा स्मितलाई उस्तै माया नदिने कुरामा चिन्ता पर्न थाल्यो ।उनले स्मितको भविष्यलाई लिएर भिनाजुसँग विवाह गर्ने निर्णय लिइन् । उनको यस्तो निर्णयले भिनाजु लगायत घरका सबै सदस्य चकित भए । सबैलाई उक्त निर्णयले असहज तुल्याएको थियो । तर, उनको स्मितप्रतिको माया र लगाव देखेर सबैले हार माने । अनन्त कोमल र उनका भिनाजुको विवाह भयो ।कोमलको यस्तो साहसीपूर्ण र त्याग समाजको लागि एक उदाहरणीय विषय बनेको छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र