कान्तिपुर टेलिभिजनका दिलभूषण पाठकले टफ टकमा नेपाली कांग्रेसका नेता तथा पुर्वअर्थमन्त्री डा.रामशरण महतलाई स्टुडियोमा बोलाएका थिए।पाठक सँग कुराकानी गर्दै महतले भने-‘मैले ३ बर्ष अघि अर्थमन्त्री हुदा लोडसेडिङ हट्छ भनेर घोषणा गरेको योजना अनुसार अहिले लोडसेडिङ हटेको छ, जसमा कुलमानले ब्यबस्थापन मात्रै गरेका हुन्।’
महतले अगाडी भने राजदुत प्रकरण,चितवनमा माओबादीको उम्मेदवारलाई समर्थन गर्नु,प्रधानन्यायाधीश काण्ड लगायतका कारणले जनताको नजरमा कांग्रेस तल झरेको हो।
साथै उनले २०५४ सालको स्थानीय निकायको निर्बाचनमा तत्कालिन गृहमन्त्री बामदेब गौतमले धादली गरेर एमालेले चुनाब जितेको आरोप लगाए।
महतले अबको दिनमा कांग्रेस सुध्रिन पर्ने भन्दै,शहरका बुझेका जनताहरुले कांग्रेसलाई भोट नहालेको र नबुझेका जनताहरुले मात्रै भोट हालेको बताए।
No comments:
Post a Comment