• Breaking News

    5.05.2017

    विन लादेन : एउटा अर्बपति बाबुको विश्व हल्लाउने ‘आतंकवादी’ छोरो

    एजेन्सी, वैशाख । अमेरिकाले आतंकवादी संगठन अलकायदाका प्रमुख ओसामा विन लादेनलाई मारेको ६ वर्ष पुगेको छ । साउदी अरबमा धनाड्य कन्स्ट्रक्शन कारोबारीको घरमा जन्मिएका लादेन पढाईका क्रममा नै धार्मिक कट्टरपन्थीसँग लागेका थिए । यहिँदेखि उनको झुकाव आतंकवादमा भएको थियो । सन् १९८८ मा अलकायदाको स्थापना भएको थियो । उनले कतिपय साना तथा ठूला हमला गरेका कारण उनी चर्चित आतंककारी भइसकेका थिए । पछि उनले सेप्टेम्बर ११ मा अमेरिकामा हमला गरेपछि झन् उनी सर्वाधिक खोजीको सूचिमा परेका थिए ।
    १३ वर्षको उमेरमा मिलेको १९ अबर रुपैंयाको विरासत
    १९५७ मा लानेको जन्म साउदी अरबको जेद्दामा यमनी कन्स्ट्रक्शन कारोबारी मोहम्मद विन लादेनको घरमा भएको थियो । मोहम्मद साउदीका अहिलेका राजाका साथी थिए र उनी विन लादेन ग्रुप मक्का मदिनाको मस्जिदका रेन्नोवेशनको कन्ट्रयाक्ट लिने गर्दथे । १९६८ मा पिताको मृत्यु भएपछि १३ वर्षको उमेरमा लादेन र उनका दाजुभाइका नाममा १९ अर्बको सम्पत्ति विरासतमा मिलेको थियो । सुरुआती पढाईका क्रममा लादेनले सिभिल इन्जिनियरिङको अध्ययनका लागि किङ अब्दुल अजीज युनिभर्सिटीमा भर्ना गरेका थिए ।
    लादेनका पूर्व क्लासमेटका अनुसार उनी त्यसबेला नाइट क्लब पनि जान्थे र धनाढ्य सहयोगीहरूसँग रक्सी पनि पिउँथे । उनी पढाई सकेर बाबुको व्यवसायमा हात हाल्न चाहन्थे तर उनको अध्ययन लामो जान सकेन ।
    लादेन धार्मिक राजनीति पढाउने मुस्लिम कट्टरपन्ती शेख अव्दुल्लाह आजमको सम्पर्कमा आएपछि उनका विचारबाट प्रभावित भए । आजम प्रायगरी आफ्ना भाषणमा इस्लामिक राष्ट्रका विदेशी दख्खलबाट स्वतन्त्र गराउने कुरा गर्दथे, जसबाट लादेन प्रभावित भएका थिए ।
    सूडानमा लादेनले आफ्नो संगठनलाई बलियो बनाउनका लागि विदेशी रकम लिए र आतंवादी तालिमको क्याम्प सुरु भयो । उनको पहिलो प्राथमिकता मुस्लिम देशबाट अमेरिकीलाई खेद्नु थियो ।
    मीडियाहरूका अनुसार १९९२ मा अलकायदाले पहिलो हमला यमनको अदेनमा रहेको एक होटलमा गरेको थियो जहाँ दुईजना अष्ट्रेलियाली नागरिक मारिएका थिए ।
    यसपछि १९९३ मा अमेरिकाको वल्र्ड ट्रेड सेन्टरमा उनले ठूलो हमला गराए । सेन्टरको छेउमा गरिएको एउटा ट्रक बम हमलामा ६ जनाको मृत्यु भएको थियो भने सयौं घाइते भएका थिए ।
    अमेरिकालाई निशाना बनाएका लादेनले १९९५ मा नेरोबी र तांजिनियाको दार ए सलाममा अमेरिकी दूतावासको बाहिर बम हमला गर्दा २ सय २४ जनाको ज्यान गयो । अमेरिकाको दबाबमा सुडानले १९९६ मा लादेनलाई देश निकाला गरेको थियो । १० बच्चा र तीन श्रीमतीलाई लिएर उनी अफगानिस्तान पुगे । त्यहाँ उनले अमेरिकी सेनाविरूद्ध लड्ने घोषणा गरे । १९९८ मा अमेरिकी एक दूतावासमा हमला गरेको आरोपमा लादेनलाई दोषी ठहर गरियो । उनको टाउकोको मुल्य ५० लाख अमेरिकी डलर राखियो ।
    त्यसपछि १९९९ मा एफबीआईले लादेनलाई विश्वका १० आतंकवादीको सूचिमा राखेको थियो । सन् २००१ मा अलकायदाले सेप्टेम्बर ११ का दिन अमेरिकाको पेन्टागनमा रहेको ट्वीन टावरमा ३ हजारको ज्यान जानेगरी आत्मघाती हमला गरेको थियो ।
    यसपछि अमेरिकाले मुख्य आतंकवादीको रूपमा लादेनको खोजी तिव्र पारी अफगानिस्तानमा ठूला अप्रेशनहरू चलाएको थियो । २०११ मा अमेरिकाको कोवर्ट अपरेशन सफल भयो र लादेनलाई पाकिस्तानको एबटावादमा गोली हानी हत्या गरेको थियो ।
    via : sajhapost.com

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र