काठमाडौं, १२ जेठ । काठमाडौं महानगरपालिकाको प्रमुखको लागि भइरहेको मतगणना परिणामअनुसार नेकपा एमालेबाट प्रमुख पदका उम्मेदवार विद्यासुन्दर शाक्य १५ हजार ९८८ मतले अगाडि छन् ।
शाक्यले ५४ हजार ५७९ मत ल्याउँदा नेपाली कांग्रेसबाट प्रमुख पदका उम्मेदवार राजुराज जोशीले ३८ हजार ५९१ मत प्राप्त गरेका छन् । शुक्रबार बिहानसम्म १ लाख ६६ हजार ४०३ मत गनिसकिएको छ ।
यस्तो छ काठमाडौंको अपडेट (शुक्रबार बिहान ८ बजे)
प्रमुख
- काँग्रेस (राजुराज जोशी) – ३८५९१
- एमाले (विद्यासुन्दर शाक्य) – ५४५७९
- मा.के. (सर्वोत्तम डंगोल) – ६३७७
- साझा (किशोर थापा) – १५५८९
- विवेकशील (रञ्जु दर्शना) – २००८२
उप-प्रमुख
- काँग्रेस (हरिप्रभा खड्गी) -५०१८६
- राप्रपा (राजाराम श्रेष्ठ) -२९६७६
- मा.के. (शुसिला पौडेल) – ८५३५
- साझा (निरुपमा यादव) -९९१९
No comments:
Post a Comment