• Breaking News

    5.25.2017

    कहाँबाट आयो रञ्जुलाई त्यत्रो पैसा ?

    शुक्रबार, १२ जेष्ठ, 

    काठमाडौं । फेसबुक र टुइटर खोल्दा हरेका दिन रञ्जु दर्शनासम्बन्धी समाचार, विषय र उनको संगठन विवेकशील दलसम्बन्धी गतिविधिहरु देखाइहाल्छ । अधिकांश नेपाली फेसबुक र टुइटर प्रयोगकर्ताले त्यस्ता विषयको छेउमा एउटा शब्दचाँही ख्याल गरेका हुँदैनन् त्यो हो स्पोन्सर अर्थात् प्रायोजन ।

    रञ्जु दर्शनासम्बद्ध दलले उनको विषयमा आउने हरेक विषयमा फेसबुक र ट्वीटरलाई डलर तिरेर सबैको पुष्ठमा आउने बनाएको छ । हरेका दिन हजारौं डलर खर्चेर सामाजिक सञ्जालमा रञ्जु दर्शना र विवेकशिल दलले गतिविधि छरपस्ट पारेर मतदातालाई प्रभावित पारियो । टेलभिजन, रेडियो र पत्रपत्रिकामा रञ्जुको व्यापक प्रचार गराइयो । यसमा समेत मोटो रकम खर्च गराइयो । रञ्जु स्वयंले अन्तर्वाता दिँदा वा पत्रकारलाई भेटघाट गर्दा महँगो होटल र रेष्टुरेन्ट लगायतमा गर्थिन् । यसमा समेत उनको लाखौं रुपैयाँ खर्च भयो । तर, यतिका पैसा कहाँबाट आयो भन्ने चर्चा परिचर्चा सुरु भएको छ ।

    रञ्जुले झन्डै २० हजार मत ल्याउने निश्चित भएपछि मत कसरी आयो भन्नेबारे समेत चर्चा छ । तर, पछिल्लो समय उनले कहाँबाट निर्वाचन खर्च जुटाइन् भन्नेबारे चासो बढेको छ । उज्वल थापा अध्यक्ष रहेको विवेकशिल संविधानसभाको निर्वाचनमा समेत भाग लिएको थियो । थापा स्वयंले काठमाडौंबाट उम्मेदवारी दिँदा समेत एक हजार मत कटाउन सकेन । अहिले रञ्जुलाई सेलिब्रेटी बनाएर दाम मनग्गे खर्च गरेर मत ल्याउन सफल भएको छ ।

    विवेकशिल गैर सरकारी संस्थाबाट दलमा परिणत भएको हो । विवेकशिलमाथि डलरको खेती गरिरहेको भन्ने लाग्दै आएको छ । निर्वाचनमा समेत विवेकशील सम्बद्धहरुले डलरको दुरुपयोग गरेका छन् ।

    हाल सोल वर्क विषयमा स्नातक गर्दै आएकी रञ्जुबारे बढाइचढाई प्रचार गरियो । उनी पढाइमा अब्बल रहेको लगायतको विभिन्न प्रोपागान्डा रचियो । यी सबैमा कुनै सत्यता नभएको बुझिन्छ । दाम खर्च खर्चिएर गरिएको प्रोपाषन्डा र हल्लाको मत धान्नचाँही मुस्किल देखिन्छ । काठमाडौवासीले नानीमैयाँ दाहालललाई समेत जिताएको इतिहास छ । यसपटक रञ्जुले मत ल्याएकै आधारमा विवेकशित रातारात बलियो शक्ति हुनेमा भ्रम पर्नु व्यर्थ हुन्छ । आजको विमर्श साप्ताहिकमा समाचार छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र