काठमाडौं, ८ जेठ । काठमाडौं महानगरपालिकामा नेकपा एमालेका मेयर पदका उम्मेदवार विद्यासुन्दर शाक्यले आफ्नो मत अन्तरलाई अत्याधिक बढाएका छन् । शाक्य नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार राजराज जोशीभन्दा ८२४१ मत अगाडि छन् ।
सोमबार बिहानको मत परिणाम अनुसार शाक्यले २७०५० मत पाएका छन् । जोशीले १८८०९ मत पाएका छन् ।
तेस्रो स्थानमा रहेकी विवेकशील पार्टीकी रञ्जु दर्शना न्यौपानेले १०६४१ मत पाएकी छिन् ।
ललितपुर महानगरपालिकामा भने नेपाली कांग्रेसका मेयर पदका उम्मेदवारको अग्रता कायम छ । कांग्रेसका चिरीबाबु महर्जनले १९५८३ मत पाएका छन् । महर्जनलाई नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले १७६४८ मतसहित पछ्याइ रहेका छन् । तेस्रो स्थानमा साझा पार्टीका रमेश महर्जनले ११९०९ मत पाएका छन् ।
भरतपुर महानगरपालिकामा एमालेका देवी ज्ञवालीले २०१७६ मत पाएका छन् । ज्ञवालीलाई माओवादी केन्द्रकी रेणु दाहालले १८४४० मतसहित पछ्याइ रहेकी छिन् ।
पोखरा लेखनाथ महानगरपालिकामा एमालेका मानबहादुर जिसीले २०४७९ मत पाएका छन् । नेपाली कांग्रेसका रामजी कुँवरले १८४३५ मत पाएका छन् ।
This comment has been removed by the author.
ReplyDeleteयो पुरानो रिकर्ड हो. भर्खर को नतिजा यस प्रकार छ:
ReplyDeleteनेपाली कांग्रेस - २३८५५
एमाले - २३६४८
२०७ मत ले मात्र कांग्रेस अघि छ.