• Breaking News

    5.27.2017

    काठमाडौंको मतगणना सकियो : मेयरमा एमाले र उपमेयरमा कांग्रेस विजयी

    काठमाडौं :  काठमाडौँ महानगरपालिकाको मतगणना सकिएको छ । अन्तिम गणना भएको वडा नम्बर १६ मा नेपाली कांग्रेस विजयी भएको छ ।

    निर्वाचन आयोगले विजयीको मतसंख्या सार्वजनिक नगरेपछि एमालेका मेयर उम्मेदवार विद्यासुन्दर शाक्य र कांग्रेसकी उपमेयर उम्मेदवार हरिप्रभा खड्गी विजयी हुने सुनिश्चित भइसकेको छ ।

    प्राप्त पछिल्लो परिणामअनुसार महानगर प्रमुखमा उम्मेदवारी दिनुभएका नेकपा ९एमाले०का विद्यासुन्दर शाक्यले ६२ हजार १२५ मत प्राप्त गरेका छन् भने उपमेयरमा का्रग्रेसकी हरिप्रभा खड्गीले ५६ हजार ३ सय ९६ मत पाएकी छिन् । काठमाडौंको मतपरिणाम घोषणा गर्न भने बाँकी नै छ ।

    त्यसैगरी, नेपाली काँग्रेसका मेयर उम्मेदवार राजुराज जोशीले ४३ हजार ९१० प्राप्त गरेका छन् । विवेकशील पार्टीकी रञ्जु दर्शनाले २२ हजार ५३९ मत प्राप्त गरेकी छिन् भने साझा पार्टीका किशोर थापाले १७ हजार ८४४ र नेकपा (माओवादी केन्द्र)का सर्वोत्तम डङ्गोलले सात हजार ४६९ मत प्राप्त गरेका छन् ।

    उपमेयरमा कांग्रेसकी हरिप्रभा खड्गी ५६ हजार ३९६सहित विजयी भएकी छिन् भने राप्रपाका राजाराम श्रेष्ठले ३३ हजार ५३८, साझा पार्टीकी निरुपमा यादवले ११ हजार ६४ मत प्राप्त गरेका छन् । माओवादी केन्द्रकी उपमेयर सुशीला पौडेलले नौ हजार ८०३ मत प्राप्त गरेकी छिन्।
    बत्तिसवटा वडामध्ये १८ वटा वडामा एमाले र १७ वटा वडामा काँग्रेस विजयी भएको छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र