• Breaking News

    5.08.2017

    एक युवकको निर्ममतापूर्वक हत्या : हातखुट्टा र मुख बांधेर रुखमा झुन्ड्याइयो !

     बैशाख २६, 

    बुटवल। रुपन्देहीको सालझण्डीमा एक युवकको निर्ममतापूर्वक हत्या भएको छ । टाइगर ब्रियर फेक्ट्री (टेन्सबर्ग बियरको फ्याक्ट्री)को माकेर्टिङ गर्दै आएका गुल्मी बलेटक्सार घर भएका २५ बर्षिय दामोदर केसीको हत्या भएको हो । उनलाइ हत्या गरेपछि जंगलमा रैनीको रुखमा झुन्ड्याइएको अबस्थामा प्रहरीले फेला पारेको छ । हत्या गरिएका केसीको मुखमा उनले नै लगाएको गन्जि (सेन्डो) कोचिएको छ भने हात खुट्टा रसिले बांधि नाङ्गै पारिएको अबस्थामा रुपन्देहीको सालझण्डी ११ उत्तरबगौली जंगलमा फेला परेको थियो ।
    उनी हिजो आइतबार टेन्सबर्गमा ड्युटी सकेर घर नफर्केपछि केसीका दिदि भिनाजूले प्रहरीलाइ खबर गरेका थिए । केसी आफ्ना दीदि भिनाजूसंग बुटवल १२ ढवाहामा बस्दै आएका थिए । केसीको शब पोष्टमार्टमका लागि लुम्बिनी अञ्चल अस्पतालमा राखिएको छ । उनको रहस्मय हत्याबारे थप अनुसन्धान शुरु गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक मुकुन्द मरासिनीले बताए ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र