• Breaking News

    5.08.2017

    बिहे गरेर आएको ४० दिनमै जापानमा नेपाली युवाद्धारा आत्महत्या

    बैशाख २६, 
    टोकियो ।

    विद्यार्थीको रुपमा जापानमा रहँदै आएका एक नेपाली युवाले आत्महत्या गरेका छन् ।नेपाल गरेर विवाह गरि आएको ४० दिनमै पोखरा राम बजार घर भएका मुकेश थापाले आत्महत्या गरेका हुन् ।
    राजधानी टोकियोको हाईजिमामा बस्दै आएका तीस वर्षिय मुकेश थापा मगरले स्थानीय पार्कमा पासो लगाएर आत्महत्या गरेको उनि निकट देवेन्द्र कुँवरले संचारकर्मीलाई जानकारी दिए ।
    आत्महत्या गरेका थापामगरको शव जापान प्रहरीले तत्काल पार्कबाट लगेपछि आत्महत्याको घटना केहीदिन बाहिर आउन पाएन ।प्रहरीले थापामगरको बारेमा फोटो देखाउदै पहिचान गर्न नेपाली समुदायमा लगेपछि उनले आत्महत्या गरेको सार्वजनिक हुन पुगेको हो ।

    नाकानो स्कुल अफ बिजिनेस सेन्मोन गाक्कोउमा एईगो बिजिनेस दोस्रो बर्ष अध्ययन गर्दै गरेको थापा मगर तीन बर्षअघि जापान आएको खुल्न आएको छ ।यसैबीच हाईजिमा क्षेत्रका नेपालीहरुले मृतक थापामगरको शवलाई परिवारको सुझाव अनुसार जापानमै दाहसंस्कार गर्ने तयारी गरेका छन् ।

    via : topnepalnews.com

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र