शनिबार १३, जेठ २०७४
काँग्रेसका चर्चित नेता तथा स्वास्थमन्त्री गगनकुमार थापाका कान्छा मामा काँग्रेस परित्याग गरी एमालेमा प्रवेश गरेसँगै कांग्रेस वृत्तमा हलचल मच्चिएको छ ।
एमालेले हिजो आयोजना गरेको उम्मेदवारी घोषणा सभाबाटै ६५ वर्षिय मोहनकृष्ण बस्नेतले काँग्रेस छाडेर एमाले भएको घोषणा गरेका हुन । उनले कांग्रेस सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक परिपाटीको धज्जी उडाएको र मनपरी तवरले पार्टी चलाएको आरोप लगाँउदै आफू काँग्रेसमा अटाउन नसेकेको टिप्पणी गरे ।
तर, उनले काँग्रेसले मुलुकको हित नगर्ने भएकाले आफ अडिन नसकेको प्रतिक्रिया दिए ।‘‘मामा र भान्जाको नाताभन्दा देश र जनता ठूलो हो’, ‘बस्नेतले भने, ‘पुरै परिवार काँग्रेस भए पनि म एमाले हुँदा भान्जाले चित्त दुःखाउनुभएको छ । त्यही कारण मामाघरै नआए पनि मैले केही गर्न सक्दिन ।
गगनका मामा मोहनकृष्ण बस्नेत ३१ जेठका लागि घोषित दोश्रो चरणको निर्वाचनको मुखैमा काँग्रेस छाडेर एमाले प्रवेश गरेपछि कांग्रेस वृत्तमा हलचल मच्चिएको हो । ६५ वर्षीय बस्नेतले एमालेका तर्फबाट दूधकौशिका गाउँपालिका–२ को वडा सदस्यका उम्मेदवारसेमत बनेका छन् । बस्नेतले भान्जा गगनलाई आफूले पार्टी छाड्नेबारे नसोधेको भए पनि अन्यत्रैबाट थाहा पाएर नजान भनेको उल्लेख गरे ।
via : एस काठमाडौं

No comments:
Post a Comment