काठमाडौं, १३ जेठ । चार वर्षदेखि नेपाल इन्भेस्टमेन्ट बैंक र नबिल बैंकमा रोकिएर रहेको अजय सुमार्गीको ३ अर्ब २९ करोड रूपैयाँ निकाशा गर्न कसरत सुरू भएको छ ।
सुमार्गीले दाहाल सरकार आएदेखि नै उक्त पैसा निकासा गर्न कसरत गर्दै आएका थिए । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
अहिले प्रचण्ड सरकार बाहिरिएपछि उनले उक्त रकम निकासा गर्न धेरै कसरत गरे । यस विषयमा मन्त्रिपरिषद, अर्थ मन्त्रालय तथा राष्ट्र बैंकका गभर्नर डा. चिरिन्जिबी नेपालसँग पनि पटक–पटक छलफल भयो ।
तर, राष्ट्र बैंकले रोकेर राखेको रकम निकास गर्न भने सरकारले मानेन । सुमार्गीले विदेशी कम्पनीबाट नेपालमा लगानी गर्न भनी ११ अर्ब रूपैयाँ नेपाल भित्र्याएका थिए ।
उक्त रकममध्ये ८ अर्ब रूपैयाँ पहिला नै निकासा भइसकेको छ । सुमार्गीले बेलाबेलामा साइप्रसी कम्पनी एयरवेल तथा ब्रिटिस भर्जिन आइल्याण्डको जोधार कम्पनीबाट रकम ल्याउने गरेका थिए ।
सुमार्गीले विभिन्न कम्पनीमा लगानी गर्न भनेर उक्त रकम नेपाल भित्र्याएका हुन् ।
No comments:
Post a Comment