चितवन,१० जेठ – भरतपुर महानगरपालिकामा १६ वटा वडाको मत गणना सम्पन्न भएको छ । अझै पनि नेकपा एमालेका उमेद्वार देवी ज्ञवालीको अग्रता कायमै छ । उनले कांग्रेस माओवादी गठवन्धनकी उमेद्वार रेणु दाहाललाई ३ हजार १ मतले पछि पारेका छन् । पछिल्लो मत परिणाम अनुसार ज्ञवालीले २७ हजार ५ सय ६२ मत प्राप्त गरेका छन् भने दहालले २४ हजार ५ सय ६१ मत ल्याएकी छन् । रेणुले झन्डै ३ सय बढी मतले मत अन्तर घटाएकी हुन्।
उपमेयरमा भने नेपाली कांग्रेस र माओवादी गठबन्धनकी उमेद्वार पार्वती शाहले अग्रता लिएकी छन् । शाहले २७ हजार ५३ मत प्राप्त गरेकी छन् भने एमालेकी दिव्य शर्मा आचार्य २४ हजार ४ सय ९३ मत ल्याएकी छन् । अहिलेसम्म मतगणना सम्पन्न भएका १६ वटा वडामध्य नेकपा एमालेले १०,नेपाली कांग्रेस ५ र माओवादी केन्द्रले १ वडा जितेका छन् ।
No comments:
Post a Comment