• Breaking News

    5.21.2017

    पूर्वराजाले खुसी हुँदै भने– ‘बी यूनाइट’

    काठमाडौं, ८ जेठ । ३४ जिल्लाका २८३ स्थानीय तहमा भएको निर्वाचनको परिणाम राजसंस्था र हिन्दू राष्ट्रको वकालत गर्दै आइरहेका पार्टीहरूको पक्षमा परेन ।

    जनताले राजसंस्था र हिन्दू राष्ट्रको एजेन्डा उठाउने दलहरूलाई अस्वीकार गर्दै परिवर्तन पछ्याएका एमाले, कांग्रेस, माओवादी केन्द्र र भर्खरै खुलेका नयाँ दललाई भोट दिए । साँघु साप्ताहिकले समाचार छापेको छ ।

    यी सबै परिणाम र दृश्य निर्मल निवासमा बसेर हेरिरहेका पूर्वराजा ज्ञानेन्द्र शाह के सोँचिरहेका होलान् ? धेरैमा उनीबारे जिज्ञासा छ ।

    पूर्वराजा निकट उच्च स्रोतका अनुसार, ज्ञानेन्द्र शाहले पहिलो चरणको स्थानीय तह निर्वाचनको परिणामले कत्ति पनि निराश र बिचलित भएका छैनन् । बरु पछिल्लो परिणामले उनलाई खुसी बनाएको छ ।

    ‘ज्ञानेन्द्र शाहलाई पहिलो चरणमा भएको स्थानीय तह निर्वाचनको परिणामले निकै खुसी बनाएको छ’, स्रोतले भन्यो, ‘राजसंस्था र हिन्दू राष्ट्रको एजेन्डा बेचेर सत्तामा पुग्दै आएका कमल थापाको पार्टी हार्दा उनी निकै खुसी छन् ।’

    स्रोतका अनुसार, ज्ञानेन्द्र शाहले राप्रपाको हारलाई राजसंस्था र हिन्दू राष्ट्रको हारको रुपमा नभई अवसरवादको हारको रुपमा विश्लेषण गरेका छन् ।

    ‘कमल थापाले हार्दा कतिपयले राजसंस्था र हिन्दू राष्ट्रको एजेन्डाले हारेको रुपमा बुझेका छन्’, राजा निकट स्रोतले भन्यो, ‘यो राजसंस्था र हिन्दू राष्ट्र होइन, अवसरवादले हारेको हो । एजेन्डा मात्रै उठाउने तर बेइमान गर्ने भएकाले जनताले तिरस्कार गरेका हुन् ।’

    स्रोतका अनुसार पछिल्लो समय पूर्वराजा शाह ज्ञानेन्द्र शाहले डा.प्रकाशचन्द्र लोहनी र केशरबहादुर विष्टको समूहलाई निकै नजिकबाट सघाइ रहेका छन् ।

    कमल थापा नराम्रोसँग पराजित भएपछि पूर्व राजा शाहले डा. लोहनी र विष्टलाई एक सन्देश पठाउँदै एक भएर अगाडि बढ्न सुझाव दिएका छन् । ‘पूर्वराजा महाराजा ज्ञानेन्द्र शाहले निर्वाचनको परिणाम लगत्तै लोहनी र विष्टलाई सन्देश पठाउँदै ‘आई एम वीथ यू, बी यूनाइट’ भन्ने सन्देश पठाएका छन्’, स्रोतले भन्यो ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र