• Breaking News

    5.21.2017

    काठमाडौं मेयरमा एमाले आठ हजार बढी मतले अगाडि, एमाले २८४२१, कांग्रेस २०१११



    काठमाडौं : पछिल्लो मत परिणाम अनुसार काठमाडौं महानगरपालिकाको मेयरमा एमालेको अग्रता कायमै छ। एमालेका मेयर उम्मेदवार एमालेका विद्यासुन्दर शाक्यले २८ हजार ४ सय २१ मत ल्याएका छन्। उनी भन्दा कांग्रेसका मेयर उम्मेदवार आठ हजार ३ सय १० मतले पछाडि छन्। निर्वाचन आयोगले दिएको पछिल्लो मत परिणाम अनुसार कांग्रेसका मेयर उम्मेदवार राजुराज जोशीले २० हजार १ सय ११ मत ल्याएका छन्।

    त्यसैगरी विवेकशील पार्टीको तर्फबाट मेयर उम्मेदवार बनेकी रञ्जु दर्शनाले ११ हजार १ सय ४६ मत ल्याएकी छिन् भने साझा पार्टीका मेयर उम्मेदवार किशोर थापाले ८ हजार ४ सय ३४ मत ल्याएका छन्। माओवादी केन्द्रका सर्वोत्तम डंगोलले भने २७ सय ७७ मै चित्त बुझाउन बाध्य छ।

    उपप्रमुखमा कांग्रेसकी हरिप्रभा खड्गी २२ हजार १ सय ६९ मत ल्याएकी छिन् भने एमाले र राप्रपाका राजाराम श्रेष्ठले १३ हजार ७ सय ६१ मत ल्याएका छन् ।

    साझा पार्टीकी निरुपमा यादवले ४ हजार ६ सय ६३ मत ल्याएकी छिन् भने माओवादी केन्द्रका सुशीला पौडेलले ३ हजार ६ सय ३९ मत ल्याएकी छिन् । हिलेसम्म ७४ हजार १ सय ८८ मत गनिसकिएको निर्वाचन आयोगले बताएको छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र