• Breaking News

    5.09.2017

    श्रीमतीको मृत्युपछि लाशसँग ६ दिन सँगै सुत्दा…


    बेलायतको डर्बीशायरमा बस्ने रसल डेभिसन आफ्नी पत्नीको मृत्युपछि ६ दिनसम्म कोठामा श्रीमतीको शबसँग सुते । सर्भाइकल क्यान्सरसँगको १० वर्ष लामो संघर्षपछि ५० वर्षकी वेन्डी डेभिसनको मृत्यु भयो । वेन्डीको मृत्युबाट दुःखी उनका पछि रसेल डेभिसन आफ्नी श्रीमतीको शबलाई शबगृहमा राख्न चाँहदैन थिए ।

    उनी मृत्युप्रतिको मानिसको दृष्टिकोणलाई चुनौती दिन चाहन्थे । रसेलले भने, ‘हाम्रो समाजमा मृत्युको शब्द एक डरलाग्दो बनेको छ, जसबारेमा कोही पनि कुरा गर्न चाँहदैन ।’



    सन् २००६ मा रसेल र वेन्डीको ४० औं जन्मदिनको पार्टीपछि वेन्डीलाई क्यान्सर भएको पत्ता लागेपछि उनीहरुले उपचारको प्राकृतिक तरिका अपनाएका थिए । रसेलले भने, ‘हामी उनको जीवन डाक्टरको हातमा दिन तयार थिएनौं । हामी आफैं अनुसन्धान गर्न चाहन्थ्यौं र वेन्डीलाई बचाउन जे राम्रो हुन्थ्यो, त्यही गर्न चाहन्थ्यौं ।

    सन् २०१४ मा वेन्डी डेभिसनलाई जीवनका ६ महिला मात्रै बाँकी रहेको भनिएपछि, यो जोडी युरोपको भ्रमणमा निस्किएको थियो, जसलाई उनी जीवनको सबैभन्दा रमाइलो क्षण बताउँछन् । तर सेप्टेम्बरमा वेन्डीको विराम झनै बढेपछि उनीहरु घर फर्किए । उनलाई उपचारका लागि डर्बी अस्पतालमा भर्ना गरिएपनि उनीहरुले वेन्डीको मृत्यु अस्पतामा हुन नदिने र घरमा नै उनको राम्रो हेरबिचार हुने तथा मृत्युपछि अन्तिम संस्कार हुने समयसम्म उनको शब घरमा नै राख्ने फैसला गरे ।

    २१ अप्रिलमा उनको मृत्यु भयो । रसेलले भने, ‘वेन्डीको मृत्यु मेरो र डिलेनको हातमा धेरै शान्तिपूर्वक भयो र कुनै दुखाई भएन, हाम्रो बफादार कुकुर पनि उनकै सामु बसेको थियो ।’
    via : rajdhanidaily.com

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र