बिहिबार, ११ जेठ
बलिउड अभिनेता सलमान खान अहिलेसम्म पनि अविवाहित छन् । बेलाबेलामा उनको नाम कयौँ युवतीहरुसँग नजोडिने होइन । तर, उनको बारेमा बलिउड निर्देशक तथा निर्माता करण जोहरको शोमा भएको खुलाशाले भारतीय मिडियाहरुले ठूलै स्थान पाएका थिए ।करण जोहर आज ४५ वर्ष भएका छन् । २५ मे १९७२ मा मुम्बइमा जन्मिएका करण आफ्ना फिल्ममात्र नभएर उनले चलाउने रियालीटि शो ‘कफी विथ करण’ ले पनि चर्चित छन् । ‘कफी विथ करण’ को पाँचवटा संस्करण टेलिकास्ट भइसकेका छन् । करणका शोमा सेलिब्रेटिहरुकाबारे त्यस्ता धेरै विवाद भएका छन् । जसमध्ये एक हो सलमान सेक्सबिना रहन नसक्ने खुलाशा ।करणको पाँचौ संस्करणको शोमा सलमान आफ्ना दुई भाइ सोहिल र अर्बाजसँग पुगेका थिए । त्यही दौरान करणले अबार्जलाई दुईजनामध्ये को सेक्सबिना बस्ने च्यालेन्ज स्वीकार गर्न सक्दैन भन्ने प्रश्न गरेका थिए । उत्तरमा अर्बाजले सलमान सेक्स र वर्कआउट बिना एक महिना पनि टिक्न नसक्ने जवाफ दिएपछि सलमान हाँसेर मुर्छा परेका थिए ।त्यस्तैगरि करणकै शोमा सलमानले आफू अहिलेसम्म पनि भर्जिन भएको खुलाशा गरेको खबरले पनि मिडियामा राम्रै चर्चा पाएको थियो । विवाहअघिको यौनसम्बन्धमा विश्वास नराख्ने पनि सलमानले ‘कफी विथ करण’ को तेस्रो संस्करणमा बताएका थिए ।अभिनेत्री दिपिका पादुकोण पनि उक्त शोमा गएर कन्ट्रोभर्सीमा पर्न पुगिन् । ‘कफी विथ करण’ को तेस्रो संस्करणमा पुगेकी दिपिकाको त्यस समय भर्खरै रनबीर कपूरसँग ब्रेक अप भएको थियो । त्यस समय दिपिकाले रनबीरको प्लेव्वाई चरित्रको खुब मजाक उडाइन् । शोमा जब करणले दिपिकालाई रनवीरलाई के उपहार दिन मन छ भनेर प्रश्न गर्दा जवाफमा दिपिकाले कण्डम उपहार दिने रहर भएको बताएकी थिइन् ।त्यस्तैगरि शोमा जब शाहरुख खानलाई उनको र सलमान खानको सम्बन्धको बारेमा प्रश्न गरियो तब उनले भने, ‘यदि सलमान रिसाएका छन् भने शत प्रतिशत मेरो गल्ती छ ।’
No comments:
Post a Comment