• Breaking News

    5.24.2017

    काठमाडौंमा नेकपा एमाले १२ हजार भन्दा बढी मतले अगाडि एमाले मय बन्ने निश्चित


    काठमाडौं, जेठ ११ – काठमाडौं महानगरपालिकामा १ लाख ५३ हजार ५ सय २१ मत गन्दा मेयरमा नेकपा एमाले १२ हजार २ सय ५५ मतले अघि छ । अब झण्डै १९ हजार मत मात्र गन्न बाँकी छ । शुक्रबार बिहानसम्म अन्तिम परिणाम आउने विश्वास गरिएको छ ।
    उपमेयर पदमा नेपाली कांग्रेसकी हरिप्रभा खड्गी १८ हजार ९ सय ६९ मतले अघि हुनुहुन्छ । झण्डै गन्न बाँकी मत जति उहाँको अग्रता भएकाले खड्की उपमेयरमा विजयी हुने पक्का देखिएको छ । उसो त मेयरमा पनि एमालेका विद्यासुन्दर शाक्य प्रतिस्पर्धीभन्दा निकै अघि हुनुहुन्छ । 
    मेयर
    एमाले–विद्यासुन्दर शाक्य – ५१ हजार ९१
    कांग्रेस–राजुराज जोशी – ३८ हजार ८ सय ३६
    विवेकशील नेपाली–रञ्जु न्यौपाने – १८ हजार ५ सय ६७
    साझा पार्टी–किशोर थापा – १४ हजार ४ सय ५२
    माओवादी केन्द्र, सर्वोत्तम डंगोल – ५ हजार ७ सय ७९
    नयाँ शक्ति, पवित्र बज्राचार्य – ४ हजार ७ सय ९९
    उपमेयर
    कांग्रेस, हरिप्रभा खड्गी – ४६ हजार ६ सय १२
    राप्रपा, राजाराम श्रेष्ठ – २७ हजार ६ सय ४३
    साझा पार्टी, निरुपमा यादव – ९ हजार १ सय ८६
    माओवादी केन्द्र, शुशिला पौडेल – ७ हजार ७ सय १४

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र