काठमाडौं, जेठ १ – ललितपुर महानगरपालिकामा आइतबार रातिदेखि सुरु भएको मतगणनामा कांग्रेसका उम्मेद्वारको अग्रता कायमै छ । पछिल्लो विवरण अनुसार मेयरमा कांग्रेसका चिरीबाबु महर्जनले २ सय १८, उपमेयरमा कांग्रेसका गीता सत्यालले २ सय ३ मत पाउनुभएको छ ।
यस्तै मेयरमा एमालेका उम्मेद्वार हरिकृष्ण व्यञ्जनकारले १ सय ८४ र उपमेयरका एमालेको समेत समर्थन रहेका राप्रपाका उम्मेद्वार बाबुकाजी प्रधानले १ सय १६ मत पाउनुभएको छ ।
माओवादी केन्द्रका मेयरका उम्मेद्वार दिनेश महर्जनले ८३ र उपमेयरकी उम्मेद्वार हसिना शाक्यले ८७ मत पाउनुभएको हो । त्यस्तै मेयरमा साझा पार्टीका उम्मेद्वार रमेश महर्जनले ४५ मत प्राप्त गरेका छन् ।
No comments:
Post a Comment