• Breaking News

    5.26.2017

    भरतपुरमा अव २६ हजार मत गणना गर्न बाँकी

    शुक्रबार, जेष्ठ १२, २०७४
    काठमाडौ । भरतपुर महानगरपालिकामा छब्बिस हजार भोट गन्न बाँकी हुदा एमालेका देवी ज्ञावलीले बिस्तारै अग्रता बढाएका छन । केहीबेर अगाडि प्राप्त समाचार अनुसार ज्ञावलीले माओवादी केन्द्रका रेणु दाहाललाई १ हजार ६ सय ४९ मतले पछि पारेका छन् ।

    आज बिहान सम्म आउदा ज्ञावलीको मतातन्तर घटेर १२ सयको हाराहारीमा आएको थियो । मतगणनाको पछिल्लो परिणाम अनु्सार ज्ञावलीले ३४ हजार ४ सय ९१ म्त पाएका छन् ।

    माओवादी केन्द्रका रेणु दाहालको ३२ हजार ९ सय ४२ मत भएको छ। १ लाख १२ हजार ८ सय ८९ मत खसेको भरतपुरमा अव २६ हजार मात्र गणना गर्न बाँकी रहेको छ । अहिले सम्म ८६ हजार ८ सय ८९ मत गणना भईसकेको छ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र