• Breaking News

    5.18.2017

    एमाले पसेको भवन ‘अपवित्र’ भन्दै झाँक्री लगाएर चोख्याइयो



    पथरी, ५  जेठ । मोरङको पथरीशनिश्चरे—३ स्थित एक सामुदायिक भवनमा एमाले प्रवेश गरेर ‘अपवित्र’ भएको भन्दै भोलिपल्टै एक युवा समुहले झाँक्री लगाएर चोख्याएको छ ।

    वडा नं. ३ मा एमालेले डम्बर चेम्जोङलाई वडा अध्यक्षको उमेद्वार उठाएको छ । वडा नम्बर ३ स्थित वनेम टोलमा रहेको विद्युतको नयाँ समुदायिक भवनमा आइतबार एमालेले उमेद्वार चेम्जोङ, २ नम्बर क्षेत्रका सांसद चण्डीप्रसाद राई लगायतको उपस्थितिमा चुनावी भेला गरेका थिए ।



    एमाले प्रवेश गरेर भवन र टोलमा ‘अपवित्र’ भएको भन्दै सविन चेम्जोङ नेतृत्वको युवा समुहले सोमबार सो भवनमा झाँक्री लगाएर चोक्खयाएका हुन । करिव ५० जनाको संख्यामा रहेको स्थानीयबासीले झाँक्री दलबहादुर सुन्दासलाई बोलाएर चोक्ख्याउने कार्यक्रम राखेका थिए ।

    झाँक्री सुन्दासले ढ्याग्रो बजाएर तितेपाती छर्किनुको साथै भलायोको चौक चार सुरमा गाडेर चोक्खयाएको स्थानीय मबिन्द्र नाल्बो लिम्बूले बताए । चोक्ख्याइसकेपछि उक्त स्थलमा चुनावी कार्यक्रम भएको थियो ।

    कार्यक्रममा आगामि जेठ ३१ गते हुने स्थानीय तहको निर्वाचनमा वडा नम्बर ३ का स्वतन्त्र अध्यक्षका उमेद्वार बिकास मगर, संघीय समाजवादी फोरमका स्थानीय नेता गोविन्द वनेम, नयाँ शक्ति नेपालका पथरीशनिश्चरे नगरका मेयरका उमेद्वार देवराज भण्डारी, माओवादी केन्द्रका स्थानीय नेता शन्तोष लिम्बू, लिम्बुवानका राज पयाङ्गु, भीमल मगर लगायतले बोलेका थिए । कार्यक्रममा केही वक्ताहरुले एमाले नेताहरुले सुकुम्बासीको हित नगरेको आरोप लगाउने स्वतन्त्र उमेद्वार बिकास मगरलाई जिताउनुपर्ने बताएका छन् । (किरातपोष्टबाट लिईएको)

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र