काठमाडौं, चैत २३ – नेपाली मुलकी बलिउड अभिनेत्री मनिषा कोइरालाले पूर्व राजकुमारी हिमानी शाहसँग भेटेकी छन् । हिमानीसँग धुलीखेलको द्वारीका होटेलमा भेट गरेकी हुन् ।
जसको जानकारी उनले आफ्नो इष्टाग्राम मार्फत दिएकी छन् । हिमानी सहितको तस्बिर सार्वजनिक गर्दै कोइरालाले धुलिखेल मौसमको तारिफ समेत गरेकी छन् ।
तस्बिरमा मनिषा र हिमानीको अलवा केही महिला पनि देखिएका छन् । मनिषाले हिमानीसँगको भेटको बिषय तस्बिरका साथ खुलाएकी छैनन् ।
देशमा चुनाबी सरगर्मी बढेको समयका मनिषाले नेपाल आएर यसरी हिमानीलाई गोप्य भेट्नुको बिषयलाई राजनीतिसँग जोडेर समेत हेर्न थालिएको छ ।
पाठेघर क्यान्सरबाट मुक्त भएपछि दोस्रो जीवन सुरु गरेकी मनिषा अहिले बलिउड अभिनेता संजय दत्तको जीवनमाथी निर्माण भइरहेको चलचित्र अभिनयरत छिन् । चलचित्रमा उनी रणविर कपुरकी आमाको भुमिकामा रहेको बलिउड मिडियाले प्रचार गरेका छन् ।