एजेन्सी-
बलिउडकी हट आइटम गर्ल राखी शावन्त पक्राउ परेकी छन् । पञ्जाब प्रहरीले उनलाई मुम्बईबाट पक्राउ गरेको हो । लुधियानाको एक अदालतले सावन्तको विरुद्धमा पक्राउ पूर्जी जारी गरेको थियो ।
उनी माथि पक्राउ पूर्जी महर्षि वाल्मीकिको विरुद्धमा कथितरुपमा आपत्तिजनक टिप्पणी गरेको आरोपमा जारी गरिएको हो । प्रहरीका अनुसार उनी माथि परेको उजुरीमा यस्तो आरोप लगाइएको हो । पछिल्लो समय एक निजी टिभी च्यानको कार्यक्रममा महर्षि वाल्मीकिको विरुद्ध राखीले बोलेकी थिइन् ।
राखिलाई उजुरीका आधारमा ९ मार्चमा पक्राउ पूर्जी जारी गरिएको बताइएको छ । उजुरीमा वाल्मीकि विरुद्धमा बोलेर उनका अनुनायीको भावनामा ठेस पुगेको उल्लेख छ । लुघियाना प्रहरीका दुई जना पक्राउ पूर्जी दिएर मुम्बई गएको प्रहरीले जनाएको छ । अदालतले यस मामिलाको आगमी सुनुवाई १० तारीखका लागि तय गरेको छ ।