• Breaking News

    4.08.2017

    विवेक ओबरोईको घरमा चोर पस्यो, चोरको नाम थाहा पाउँदा दङ्ग हुनुहुनेछ !

    एजेन्सी

    चैत २६ – फिल्म अभिनेता विवेक ओबरोयको घरमा शुक्रबार अचानक चोर पस्यो । विवेकले निकै आत्तिदैं आफ्नो घरलाई सुरक्षित राखी उक्त चोरलाई समात्न सफल भए र यसबारे पुलिसलाई पनि जानकारी दिए ।

    जब पुलिस विवेकको घर पुगे तब चोरको अनुहारको नकाब उतार्दा ओबरोईसहित सबैजना चकित परे । चोर वास्तवमा चोर थिएनन् उनी एक नायक थिए । वास्तवमा, नायक रितेश देशमुख चोरको रुपमा विवेकको घरमा छिरेका थिए ।

    उनले यसो रमाइलोका लागि गरेका थिए । विवेक आफ्नो नयाँ फिल्मको प्रोमोशन गरिरहेका थिए जसमा उनी अमजद खान सिबिआईको भूमिकामा देखिएका छन् ।


    फिल्मको कहानी तीन मानिसबिच रहेको छ जो बैंकमा चोरी गर्ने योजना गरिरहेका थिए । यो फिल्ममा विवेक, रितेशका साथै अभिनेत्री रिया चक्रवर्ती पनि छिन् । यो फिल्म जून १६ तारिखमा रिलिज हुँदैछ । विवेकको यो नयाँ प्रोमोसन गर्ने तरिकालेउनको प्रशंसकलाई निकै उत्साहित बनाएको छ ।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र