मुम्बई, चैत २७ – युपीबाट राज्यसभा सदस्य जया वच्च आइतबार ६९ औँ जन्मदिन मनाइरहेकी छिन् ।
सन् २००४ मा पहिलोपटक निर्वाचित भएकी उनी ससन् २०१२ मा दोस्रो पटक निर्वाचित भएकी थिइन् ।
राज्यसभादेखि लिएर विधानसभासम्मका नेताहरुले आफ्नो सम्पत्तिको व्यहोरा बुझाउनुपर्ने हुन्छ ।
जया बच्चनले दिएको सम्पत्तिको व्यहोरामा पति अमिताभको सुनप्रतिको लगाव देख्न सकिन् ।
इलाहबादमा जन्मिएका अमिताभसँग सन् २००६ मा २.६ करोड भारु र जयासँग ३.४४ करोड भारु बराबरको गहना देखिएको थियो ।
सन् २०१२ मा भने त्यो संख्यामा बृद्धि भएर अमिताभसँग २६ करोड भारु र जयासँग १३ करोड भारु बराबरको गहना रहेको देखिएको थियो ।
६ सालमा अमिताभसँग पत्नीको तुलना दुई गुणा बढी गहना बढेको दस्तावेजले देखाएको छ ।
यसमा एउटा हिराको कलम पनि रहेको छ । जसको मूल्य ९ लाख भारु रहेको बताइएको छ ।
उनको गहनाहरु मध्ये २ करोडको सुन २०.५ करोडको हिरा तथा ३.७ करोडको चाँदी रहेको छ ।
जयासँग भने ३२ लाखको सुन, १२.५ करोडको हिरा तथा ३५ लाखको चाँदी रहेको छ ।