• Breaking News

    4.07.2017

    कांग्रेस भित्र भाँडभैलो, तपाइको रबैयाले गर्दा समाजमा मुख देखाएर हिड्न समेत गाह्रो भयो” रामचन्द्र पौडेल

    २५ चैत– काँग्रेस संसदीय दलको बैठकमा नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाविरुद्ध जेहाद छेडेका छन् । संसद भवन बानेश्वरमा शुक्रबार बसेको दल बैठकमा पौडेलले देउवाको रबैयाले समाजमा मुख देखाएर हिंड्न गाह्रो परेको बताए ।

    उनले आईजीपी र राजदूत नियुक्तिमा पार्टीमा छलफलै नगरी मनपरी गरेको भन्दै आक्रोश पोखे । यस्तै उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कमल थापाबीचको वरियता विवादको सिर्जना देउवा आफैंले गरेको आरोप लगाए । वरियताको प्रश्न निधिको व्यक्तिगत विषय नभई पार्टीको भएकाले त्यसमा गम्भीर हुन आग्रह गरे ।

    प्रहरी महानिरीक्षक नियुक्तिबारे सर्वोच्च अदालतले दिएको फैसलाको खिलापमा निर्णय गरेर न्यापालिका र कार्यपालिकाबीच विवाद खडा गरेकामा पनि उनले देउवाको कडा आलोचना गरे । ‘मैले राजनीतिक भागबण्डामा न्यायाधीश नियुक्ति नगरौं भनेको थिएँ, अहिले आएर काँग्रेसले नै अदालतको आदेश मादिन्न भन्न पाउँदैन’, पौडेलको भनाइ उद्धत गर्दै एक सांसदले भने, ‘सभापतिको व्यवहारले हामीलाई हनुहार देखाउन नहुने भइसक्यो ।’

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र