• Breaking News

    4.07.2017

    कपिल र सुनिललाई मिलाउने सोनीको यस्तो छ नया कसरत

    कपिल शर्मा र सुनिल ग्रोबरको झगडाको सबैभन्दा ज्यादा असर कपिल शर्मा शोको रेटिङमा परेको बताइएको छ । प्राप्त जानकारी अनुसार सोनी टिभी च्यानलले आफूसँगको सम्झाैता नसकिएकाले सुनिलले शो छोडेर जान नपाउने दाबी गरिरहेको छ।
    सुनिलले भने आफू सोनी च्यानलमा आउन लागेको अर्को शोमा काम गर्ने तर कपिल शर्माकाे शोमा नफर्किने जवाफ दिएका छन् । सोनी च्यानल सुनिललाई 'कपिल शर्मा शो' मै फर्काउन चाहान्छ। त्यसैले सुनिललाई मनाउन लागिपरिरहेको छ। च्यालनले कपिलका साथ एउटै फ्रेममा सहभागी नभर्इँ  शोमा काम गर्ने विकल्प पनि सुनिललाई दिएको छ।
    च्यालनले सुनिललाई कार्यक्रमा फर्काउन हरसम्भव प्रयास गर्न कपिल शर्मालाई आग्रह गरेको छ।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र