• Breaking News

    4.05.2017

    २४ घण्टाभित्र सूर्यको सतहमा शक्तिशाली ३ सोलार फ्लेयर, नासाले तस्बिर सार्वजनिक गर्यो

    २३ चैत, एजेन्सी।

    २४ घण्टाको अन्तरालमा सूर्यबाट शक्तिशाली ३ रेडियसन ब्रस्ट (सोलार फ्लेयर) निस्किएका छन्। नासाको ‘सोलार डाइनामिक्स अब्जर्भेटरी’ले सार्वजनिक गरेको तस्बिरमा अप्रिल २ र ३ मा सूर्यको सहतबाट बाहिर निस्किएका यी शक्तिशाली विकिरणले विश्वको अधिकांस रेडियो तरङ्ग प्रभावित भएको बताइएको छ।



    पृथ्वीको जमिनमा यसको कुनै असर पर्दैन। तर यसले स्याटेलाइट, जीपिएस, अधिकांस रेडियो तरंगमा आधारित सञ्चार उपकरणलाई असर पुर्याउँछ।



    पहिलो फ्लेयरको शक्तिलाई M5.3, दोस्रो M5.7 र तेस्रो M5.7 मापन गरिएको छ।

    एम स्तरका (M-Class) फ्लेयर एक्स स्तर (X-class) भन्दा दश गुणा कम शक्तिशाली मानिन्छ।M1, M2 भन्दा दोब्बर शक्तिशाली हुन्छ, त्यस्तै M3 तेब्बर शक्तिशाली हुन्छ आदि।

    के हो सोलार फ्लेयर ?

    सूर्यको सहतमा अकस्मात देखिने चम्किलो प्रकाश नै सोलार फ्लेयर हो। सामान्यतया 1 × 1020 जुल शक्ति यसबाट पैदा हुन्छ। ठूलो घटना घट्दा 1 × 1025 जुलसम्म ( १ अर्ब मेगाटन टिएनटी बम बराबार ) शक्ति पैदा हुनसक्छ।
    यसले पृथ्वीको वायुमण्डको सबैतह (फोटोस्फेयर, क्रोमोस्फेयर र कोरोना) लाई असर गर्छ।
    सोलार फ्लेयरले कसरी पृथ्वीमा असर गर्छ ?

    सोलार फ्लेयरले स्याटेलाइटमा असर पुर्याउँछ ।
    यदि सूर्यमा शक्तिशाली फ्लेयर उत्पन्न भए यसले विद्युति ग्रिडमा अत्याधिक करेन्ट उत्पन्न गराईँ विद्युत सप्लाई बन्द गराउन सक्छ।
    सूर्यको सतहमा घट्ने यस्तो घटनाले ‘रेडियो ब्ल्याकआउट’ निम्त्याउँछ। अर्थात सञ्चात उपकरणहरु प्रभावित हुन्छ।
    सोलार फ्लेयरबाट निस्कने एक्स-रे र अल्ट्राभावलेट किरणले पृथ्वीको वायुमण्डलमा ‘आयोनाइजेसन’ हुनेहुँदा यसबाट रेडियो सिग्नल प्रभावित हुन्छ।
    आयोनोस्फेयरले रेडियो वेभ परावर्तन गर्दा लामो दुरीको रेडियो सिग्नल ट्रान्समिटरबाट रिसिभरसम्म पुग्न सक्दैनन्।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र