• Breaking News

    4.05.2017

    अमेरिकालाई उछिन्दै चीनले बनायो नयाँ कीर्तिमान

    काठमाडौं, २३ चैत । छिमेकी देश चीनले निर्माणको क्षेत्रमा नयाँ किर्तिमान रच्दै आएको छ । चीनले फेरि अर्को किर्तिमान रच्ने तयारी गरिरहेको छ । उसले हेबाई प्रान्तमा अत्याधुनिक शहर बसाउने घोषणा गरेको छ । जुन देशका दुई ठूला शेन्जेन र संंघाई भन्दा पनि ठूलो हुने छ ।

    नयाँ शहर राजधानी बेजिङ्गको डाउनटाउनबाट १०० किलोमिटर दक्षिण–पश्चिममा बसाइने छ । द गार्जियन अखबारका अनुसार शियोनगनको रुपमा तयार हुने शहरको कुल क्षेत्रफल अमेरिकाको सबैभन्दा ठूलो शहर न्यूयार्कभन्दा लगभग तीन गुणा बढी हुनेछ ।

    चीनका सत्तारूढ कम्यूनिस्ट पार्टी अफ चाइनाको सेन्ट्रल कमेटी र स्टेट काउन्सिलद्वारा जारी गरिएको सर्कुलरअनुसार यो शहर ‘शेनजन स्पेशल इकोनोमिक जोन’ पछि देशलाई नयाँ पहिचान दिनेछ ।

    जानकारीअनुसार नयाँ शहरको कुल क्षेत्रफल १०० वर्ग किलोमिटर हुनेछ भने पछि २००० किलोमिटरसम्म विस्तारत गरिँदै लगिने छ । चीनको नयाँ कदमले उसको सबैभन्दा ठूलो शहर बेजिङ्गमा लगातार बढ्दै गइरहेको ट्राफिक जाम, वायु प्रदूषण र जनसंख्याको दवाव कम हुने अनुमान गरिएको छ ।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र