• Breaking News

    4.06.2017

    सुरु भयो सत्ता परिवर्तनको खेल, यसकारण प्रचण्डसँग सशंकित भए देउवा

    २५ चैत, काठमाडौं । दुई चरणमा निर्वाचन गराउने प्रधानमन्त्री पुष्पकमल दाहालको प्रस्तावले कांग्रेस झस्केको छ। आफ्नो आयु लम्ब्याउन मात्रै होइन, आर्थिक वर्ष २०७४/७५ को बजेट पनि आफ्नै नेतृत्वमा घोषणा गर्ने उद्देश्य दाहालको रहेको आशंका कांग्रेस सभापति देउवालाई भएको उनी निकट स्रोतले बतायो। स्रोतका अनुसार दाहालले असोजसम्म आफैंले सरकार चलाउने नयाँ प्रस्ताव अगाडि ल्याएका छन् ।

    मधेसी मोर्चासँग सहमति नजुटेको कारण देखाउँदै दुई चरणमा चुनाव गर्ने प्रस्ताव दाहालले देउवासमक्ष पुर्‍याउँदै आफ्नो योजना पनि सुनाउन भ्याएका छन्। ‘जहाँ स्थानीय तहको संख्या थपिन्छ, त्यहाँमात्रै दोस्रो चरणमा निर्वाचन गर्ने र असोजसम्म सकाउने,’ दाहालको नयाँ प्रस्तावबारे स्रोतले भन्यो,  ‘त्यसपछि संविधानमा संसद्को म्याद थपेर बाँकी कार्यकाल देउवाले चलाउने।’ दाहालले ‘स्थानीय तहको निर्वाचन माओवादी नेतृत्वमा, संघ र प्रदेशको निर्वाचन कांग्रेसको नेतृत्वमा’ भन्ने सहमतिलाई आधार बनाएर प्रस्ताव अघि सारेको देउवा निकट नेताले बताएका छन्।

    देउवा भने जेठ पहिलो साताभन्दा बढी नकुर्ने पक्षमा छन्। तर, दाहालले दुई चरणमा निर्वाचन गराउने र बजेट पनि आफ्नै नेतृत्वमा ल्याउने तयारी गरेपछि सत्ता हस्तान्तरण सबाल पेचिलो बनेको छ।

    गच्छदारले फिर्ता लिए समर्थन

    दाहालले संविधान संशोधन गराउन नसकेपछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध सात दलका ३९ सांसदले समर्थन फिर्ता लिएको घोषणा गरिसकेका छन् भने १७ सांसद भएको विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमले पनि समर्थन फिर्ता लिएको बिहीबार जनाएको छ।

    गच्छदारलाई सरकारमा सामेल गराउने आश्वासन दाहालले दिएका थिए तर कार्यान्वयन हुन सकेको छैन। तीन पार्टी एकीकरण गरी संसद्मा पाँचौं ठूलो दल बनाउन सफल गच्छदारले ‘वैशाख पहिलो साता नयाँ सरकार गठन हुन्छ’ भन्ने अभिव्यक्ति दिइसकेका छन्। आजको नागरिक दैनिकमा खवर छ ।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र