• Breaking News

    4.08.2017

    नयाँ शोको लागि सुनिललाई कपिलकी एक्स गर्लफ्रेन्डको साथ !

    २७ चैत, एजेन्सी।

    कपिल शर्मा र सुनिल ग्रोभरको विवादबारे दैनिक नयाँ नयाँ खबर बाहिर आउने गरेका छन्। हिजो मात्र सोनी च्यानलले ‘द कपिल शर्मा शो’ बन्द गरेर सुनिलसंग नयाँ शो सुरु गर्ने खबर आएको थियो। यसमा सुनिललाई कपिलकी कथित एक्स गर्लफ्रेन्ड प्रीति सिमोसले साथ दिने खबर छ।

    कपिल-सुनिलको मनमुटाव पश्चात प्रीतिले पनि कपिलको शो बीचमै छोडेकी छिन्। प्रीति ‘द कपिल शर्मा शो’ मा क्रिएटिभ डाइरेक्टर थिइन।

    एक भारतीय पत्रिकाको अनुसार सुनिलको नयाँ शोमा अली अजगर, चन्दन प्रभाकर र सुगन्धा मिश्रा हुनेछन्। च्यानल चाहँदैन कि सुनिल च्यानलको साथ छोडुन् त्यसैले सुनिलसंग नयाँ शो सुरु गरिदैछ। नयाँ शो जुन देखि अनएयर हुनसक्ने बताइएको छ।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र