धनुषा, ११ चैत । धनुषामा पेस्तोलसहित दुई भारतीय युवक पक्राउ परेका छन् ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार गणेशमान चारनाथ–९ लवटोलीबाट प्रहरीले भारत मधुवन बिहार बस्ने २६ वर्षीय शत्रुधन यादव र २५ वर्षीय रबिन्द्र यादवलाई विहिबार नलकटुवा पेस्तोल १ थान र सोको गोली २ राउण्ड सहित पक्राउ गरेको हो ।
प्रहरी चाकी पोर्ताहाबाट खटिएको प्रहरी टोलीले उनीहरु सवार विआर ३२ के १६९५ नम्वरको मोटरसाइकल चेकजाँच गर्दा उक्त पेस्तोल र गोली बरामद भएको थियो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिररहेको छ ।