बिहिबार, चैत्र ०३
कास्की: काठमाडौंबाट पोखराका लागि उडान भरेको बुद्ध एयरको नाइनएन–एआइएन कल साइन भएको विमानमा चिल ठोक्किएको छ । चिल ठोकिए पनि विमानमा कुनै क्षति नभएको पोखरा विमानस्थलले जनाएको छ ।
बिहान करिब १०ः३० बजे काठमाडौंबाट पोखराका लागि उडेको विमान पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा चिल ठोक्किएको नागरिक उड्डयन प्राधिकरण पोखराका प्रमुख भोलाप्रसाद गुरागाईंले जानकारी दिए । विमानचालकले सुरक्षित अवतरण गराएकाले कुनै क्षति नभएको उनले बताए । अाजकाे नयाँ पत्रीका समाचार छ ।
गुरागाईंका अनुसार विमानस्थलभन्दा करिब दुई माइल टाढा दोबिल्ला क्षेत्रको माथि उडान गरिरहेको विमानको दाहिनेतर्फको पंखानजिकै चिल ठोक्किएको थियो । ४७ सिट क्षमताको सो विमानको ठोक्किएको भागमा सामान्य क्षति पुगेको बुद्ध एयर पोखराका प्रमुख गौतम बरालले बताए । उनले चिल ठोक्किएपछि काठमाडौंबाट आएका प्राविधिकले विमानको चेकजाँच गरेको र बुधबारै सो विमानले पोखरा–काठमाडौं र पुनः काठमाडौं–पोखरा उडान भरेको जानकारी दिए ।