सोमबार २३, फागुन २०७३
प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एमालेको मेची–महाकाली अभियानको विषयलाई लिएर सुरक्षाको चिन्ता प्रकट गरिरहँदा उनकै पार्टीका जिम्बेवार नेता अभियान विथोल्न सक्रिय रहेको भेटिएको छ ।
माओवादी सांसद उमेश यादब यसरी एमालेको मेची महाकाली अभियानलाई बिथोल्न सक्रिय रहेको पाइएको हो । सांसद यादवले २०७१ साल माघ ५ गते संविधानसभामा ताण्डव देखाएका थिए । उक्त समयमा भएको तोडफोड काण्डको अगुवाई उनैले गरेका थिए । उनले संविधानसभा भवनमै कुर्सी उचालेर संविधानसभा अध्यक्ष र एमाले अध्यक्षमाथि प्रहार गरेका थिए । यादव पूर्व सिंचाई मन्त्री समेत हुन । उनै यादबले एमालेको मेची महाकाली अभियान प्रभावित हुने गरी सप्तरीमा भेलाको आयोजना गरेका हुन ।
यादबले सप्तरीको मैनाकडेरी गाउँमा भेला गरेर एमाले मधेसी विरोधी भएकोले उसको अभियान राजबिराजमा हुन नदिन आफ्नोतर्फबाट सम्पूर्ण शक्ति परिचालन गर्नुपर्ने कार्यकर्ताहरुलाई निर्देशन दिएका थिए ।
यद्यपि एमालेले भने संयमित भएर कार्यक्रम गर्ने सबै नेता,कार्यकर्ताहरुलाई निर्देश गरेका छ । यसैबीच, सप्तरीका प्रमुख जिल्ला अधिकारी उद्धब तिम्लिसेनाले स्थानीय प्रशासन लाठी जुलुस निकाल्न दिने पक्षमा नरहेको बताएका छन ।
सप्तरी र सुनसरीका प्रमुख जिल्ला अधिकारीहरुले थप सुरक्षाकर्मी मागेका छन् । सुनसरीमा मात्र १३ सय प्रहरी परिचालन गरिएको छ भने सप्तरीमा ४ हजार सुरक्षाकर्मी परिचालन गर्नुपर्ने प्रमुख जिल्ला अधिकारीहरुले गृह मन्त्रालयसँग माग गरेका छन ।
एस काठमाडौं