• Breaking News

    3.06.2017

    एमालेकाे कार्यक्रम बिथाेल्न खाेज्दा सप्तरीमा गाेली चल्याे : तिनकाे मृत्यु : स्थिती तनावग्रस्त



    इटहरी २३ फागुन । सप्तरीकाे राजबिराजस्थित अाैद्याेगिक करिडाेर क्षेत्रमा भइरहेकाे एमालेकाे अामसभा बिथाेल्न खाेज्दा भएकाे झडपमा स्थिती नियन्त्रणकालागि प्रहरीले चलाएकाे गाेलि लागी मृत्यु हुनेकाे संख्या ३ पुगेकाे छ । सभा विथोल्न पुगेका मार्चाका कार्यकर्ताले प्रहरीमाथि ढुङ्गामुढा गर्न थालेपछि भिडलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोलीबाट सप्तरी मलेखका रञ्जन मेहता , दिगम्बर यादव रहेका छन भने एककाे नाम खुल्न सकेकाे छैन ।

    मृतकमध्ये एकको पेटमा र एकको छातीमा गोली लागेको स्थानिय मधेसी माेर्चाका नेताले बताएका छन । झडपमा एक दर्जन बढी माेर्चाका कार्यकर्ताहरू गम्भिर बनेका छन । घाइते मध्ये ६ जनालार्इ धरानस्थित बिपी प्रतिष्ठान लैजाने क्रममा २ काे बाटैमा मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएकाे छ । केही घाइतेहरूकाे भने गजेन्द्रनारायण अञ्चल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएकाे छ ।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र