• Breaking News

    3.25.2017

    हिटलरको क्याम्प बाहिर किन भइरहेछ नग्न प्रदर्शन ?



    चैत १२ – पूर्व नाजी क्याम्पको ठाउँमा बनेको ओत्स्विज संग्रहालयको बाहिर नग्न प्रदर्शन गर्ने ११ लाई पोल्याण्डको पुलिसले पक्राउ गरेको छ ।

    संग्रहालयको बयानमा दिइएको जानकारी अनुसार केही मानिसहरुले एक भेडालाई बली दिए र आफ्नो कपडा उतारेर आफूलाई एक चेनले बाँधिदिए ।

    यो घटना पूर्व नाजी क्याम्पको गेटको ठिक तल भयो जसमा सबैभन्दा कुख्यात नारा लेखिएको छ – ‘कामले तपाईंलई मुक्त गर्नेछ ।’

    अधिकारीका अनुसार यो प्रदर्शनको उद्देश्य अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।

    प्रदर्शनको क्रममा कार पार्किङमा पटाका पनि पड्काइयो ।

    यद्यपी, सुरक्षाकर्मीले प्रदर्शनकारीहरुलाई पक्राउ गरेका छन् र उनीहरुलाई लुगा लगाइदिएका छन् । प्रदर्शन भएको स्थान दक्षिणी शहर ओशवियेनसीममा रहेको छ र यसलाई सर्वसाधारणका लागि बन्द गरिएको छ ।

    प्रर्दशनकारीहरुको उमेर २० देखि २७ वर्ष बिच रहेको छ ।

    स्थानीय पुलिस प्रवक्ताका अनुसार सात पुरुष र चार महिलामा ६ पोल्याण्ड निवासी , चार बेलारुसका  एक जर्मनी नागरिक छन् ।

    स्थानीय मिडिया अनुसार उनले घटनालाई क्यामरामा कैद गर्नका लागि ड्रोनको प्रयोग गरे र गेटमा एक सेतो ब्यानर लगाइयो जसमा रातो रंगले ‘लभ’ लेखिएको थियो ।

    बीबीसीका संवाददाता एडम ईस्टनले यो युक्रेनमा भएको युद्ध विरुद्धको प्रदर्शन भएको बताएको छ ।

    ओत्स्विज संग्रहालयको बयानमा भनिएको छ, ‘ओत्स्विजको प्रतिक कुनै पनि प्रकारको आयोजना गर्न प्रतिबन्धित छ । यो जर्मन नाजी ओत्स्विज डेथ क्याम्पका पीडितप्रति अपमान हो ।’

    यो क्याम्पमा नाजीद्वारा करिब ११ लाख मानिसहरुलाई मृत्युदण्ड दिइएको थियो जसमा १० लाख यहूदी थिए ।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र