• Breaking News

    3.24.2017

    सरकारले ओठे आश्वासन मात्रै दियो : अध्यक्ष ठाकुर

    १२ चैत, बिराटनगर । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारले ओठे आश्वासन मात्रै दिने गरेको भन्दै अध्यक्ष ठाकुरले विगतमा मधेसी मोर्चासँग भएको सहमति कार्यान्वय गरेमा चुनावमा भाग लिने बताएका छन् ।
    तमलोपा जिल्ला कार्यसमिति मोरङले शनिबार विराटनगरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले सरकारले संविधान संसोधनका विषयमा गरेको सैद्धान्तिक सहमतिलाई तत्काल कार्यान्वय गरेमा आफूहरु स्थानीय तहको निर्वाचनमा भाग लिने बताएका हुन् । उनले सरकारले संविधान संसोधन नगरी निर्वाचन गरिए आफुहरुले निर्वाचन वहिष्कार गर्ने चेतावनी दिएका छन् ।
    नेता ठाकुरले सीमांकनलाई थाती राखेर अन्य विषयमा संशोधनबारे कुरा आइरहेकेा भए पनि सहमति भने भइनसकेको जानकारी समेत दिए ।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र