• Breaking News

    3.11.2017

    माओवादीले बेपत्ता पारेका हाम्रा ८ सैनिक कहाँ छन ? :सैनिक मुख्यालय

    आइतवार, फाल्गुन २९, 

    सैनिक मुख्यालयले आफ्ना आठ जना सैनिकहरु माओवादीले बेपत्ता पारेको उल्लेख गर्दै उनीहरुको अवस्था पत्ता लगाउन माग गर्दै बेपत्ता आयोगमा उजुरी गरेको पाइएको खबर आजको नेपाल समाचारपत्रमा छ ।

    आयोग स्रोतले दिएको जानकारी अनुसार माओवादीबाट बेपत्ता पारिएका भनिएकाहरुमा मुसेपानी ७ डडेल्धुराका मानबहादुर साउद तथा पञ्चमूल स्याङजाका पदमप्रसाद तिवारी लगायतको अवस्था पत्ता लगाउन माग गर्दै नेपाली सेनाको मुख्यालयले पत्र पठाएको हो ।

    यसैगरि खैराघाती महेन्द्रनगर कञ्चनपुरका जंगबहादुर चन्द, उर्लाबारी झापाका उदयकुमार श्रेष्ठ, बतासे ६ सिन्धुपाल्चोकका गेदबहादुर बस्नेत, बैतडीका प्रेमसिंह धामी, रोदीदेवल ६ बैतडीका देवबहादुर चन्द र त्रियुगा नगरपालिका १ उदयपुरका लीला श्रेष्ठलाई पनि खोजी गरिदिन माग गर्दै नेपाली सेनाबाट आयोगलाई लिखित रुपमा माग गरिएको छ ।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र