• Breaking News

    3.15.2017

    आपूर्तिमन्त्री बोहराको जग्गा प्लटिङमा ‘डन’ मनाङ्गे र बाहुनको कब्जा

    काठमाडौं, ३ चैत । राप्रपाका नेता तथा आपूर्तिमन्त्री दीपक बोहराले ललितपुर जिल्लास्थित ठेँचोमा तीन सय रोपनी जग्गाको प्लटिङमा लगानी गरेको रहस्य खुलेको छ । मन्त्री बोहरासहित दश जनाको समूहले लगानी गरेको ठेँचोको प्लटिङ बिबादमा पनि परेको छ ।

    विशेष गरेर कथित ‘डन’ दीपक मनाङ्गेको अबरोधले जग्गा विक्री गर्न समस्या परेको स्रोतले जनाएको छ । दीपक मनाङ्गेको निर्देशनमा सेन्ट्रल जेलमा रहेका सुजन पौडेल अर्थात रमेश बाहुन र उनको समूहले दीपक बोहराको लगानी रहेको जग्गा प्लटिङलाई समस्या परेको हो । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

    रमेश बाहुनले जेलभित्रैबाट फोन गरेर रकम माग गरेपछि प्रचण्ड सरकारका बहालवाला मन्त्री दीपक बोहरा चकित परेका छन् । मन्त्री बोहराले यो कुराको जानकारी प्रहरी उच्च अधिकारीलाई गराएका थिए । तर, प्रहरीले यो विषयलाई गम्भीरतापूर्वक नलिएपछि मन्त्री बोहरा चकित परेका छन् ।

    आपूर्ति मन्त्री बोहरासहितको समूहले ठेँचोमा अत्यन्तै सस्तो मूल्यमा गरिव जनताको जग्गा हडपेको आरोप छ । बोहरासहितको समूहले पाँच लाख रोपनीका दरमा जग्गा खरिद गरेको एकजना पीडितले बताए । तर, अहिले सो जग्गालाई आपूर्तिमन्त्री दीपक बोहराको समूहले १५ देखि २० लाखप्रति आनाका दरले बिक्री गरिरहेको छ ।

    यो कुरा चाल पाएपछि दीपक मनाङ्गेले रमेश बाहुन र उनका साथीद्वय प्रकाश माली र युवराज खड्काको समूहलाई लगाएर पटक पटक गरेर मोटो रकम चन्दा लिएको स्रोतको भनाइ छ ।

    आपूर्तिमन्त्री दीपक बोहरा निकटका एक सहयोगीले भने, ‘मन्त्रीज्यू समेत कस्तो ठाउँमा लगानी गरिए छ भनेर हैरा बन्नु भएको छ । प्रकाश माली र युवराज खड्का दीपक मनाङ्गे र रमेश बाहुनको नाम लिएर प्रत्येक हप्ता कमिशन माग्न आउँछन् ।’

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र