• Breaking News

    3.15.2017

    यी खेलाडी जसले पूर्व प्रेमिकाको शव कुकुरलाई खुवाए


    रियो दि जेनेरियो, ३ चैत । ब्राजिलका एक फुटबल क्लबले गोलकिपरलाई अनुबन्ध गर्दा आलोचनाको सामना गर्नुपरेको छ । यी गोलकिपर सन् २०१० मा आफ्नी पूर्व प्रेमिकाको हत्या गरेको आरोपमा दोषी ठहर भएका थिए । ब्रुनो नामबाट चर्चित ब्रुनो फर्नाण्डिसलाई सोमबार बोआ स्पोर्ट्सले अनुबन्धित गरेको छ । केही साताअघि मात्रै उनी जेलबाट रिहा भएका थिए ।

    सन् २०१३ मा ब्रुनोलाई २२ वर्षको जेल सजाय सुनाईएको थियो । उनी आफ्नी पूर्व प्रेमिका एलिजा समुदियोको अपहरण र हत्याको घटनामा दोषी पाइएका थिए । यद्यपि यस घटनामा उनले गरेको अपीलका आधारमा उनी रिहा भएका हुन् । सन् २०१० मा ब्रुनो फर्नाण्डिस फस्र्ट डिभिजन फुटबल क्लब फ्लामेंगोका सफल गोलकिपर थिए र सन् २०१४ को फिफा विश्वकपमा समेत उनले खेल्न सक्ने अनुमान गरिएको थियो । उनले आफ्नो बयानमा एलिजाको हत्या गरेर कुकुरलाई खान दिएको स्वीकार गरेका थिए ।
    ब्रुनो उनका छोराका लागि गुजारा भत्ता दिनबाट बच्नका लागि हत्या गरेका थिए । राजधानी दैनिकमा खबर छ ।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र