• Breaking News

    3.16.2017

    जापानमा फेरि एक नेपालीको मृत्यु, अन्तिम संस्कारका लागि सहयोगको अपिल


    टोकियो । रोजगारीको शिलशिलामा जापानमा रहेको एक नेपालीको मृत्यु भएको छ ।नेपालको बाजुरा घर भएका अर्जुनबहादुर सिंहको बुधबार टोकियोमा निधन भएको हो । उपचारका लागि अस्पताल लैजादै गर्दा उनको निधन भएको जापान प्रहरीले जनाउको छ ।

    प्रहरीले बुधबार सिंहलाई अस्पताल लैजाने क्रममा मृत्यु भएको जानकारी नेपाली दुतावासलाई गराएको छ ।
    सिंहको पार्थीव शरीर टोकियोको कान्दा स्थित निहोन युनिभर्सिटी अस्पतालमा राखिएको छ । त्यहाँ पोष्टमार्टम गरिने छ ।
    सिंह ६ वर्ष अघि कुक भिषामा जापान आएका थिए । उनी यस अघि पनि विभिन्न रोग लागेर उपचार गराइरहेका थिए ।

    उनले दुई वर्षअघि मस्तिष्कमा म्यानिन्जाइटिस र क्षयरोगले ग्रस्त भएपछि टोकियोको मेट्रोपोलिसन तामा मेडिकल सेन्टरमा उपचार गरेका थिए भने कियोसे सिटीको ताकेओका स्थित टोक्यो अस्पतालमा पनि उपचार गरेका थिए ।
    केही समय देखि उनी बास र रोजगारको अभावमा रहेको बताइएको छ । यस अघि पनि उनलाई उपचार गर्नका लागि नेपाली दुतावास, एनआरएन अभियन्ताहरु र सुदुरपश्चिमेली समाज लगायतका संघ संस्थाहरुले सहयोग गरेका थिए । सिंहका नेपालमा श्रीमती र दुई छोरीहरू छन ।

    सुदुरपश्चिमेली समाज जापानले सिंहको दाहसंस्कारका लागि आर्थिक सहयोग संकलन गर्ने जनाएको छ । समाजले जापानका सबै सामाजिक संघ , संस्था , संगठन तथा सर्बसाधारणलाई सहयोगका लागि अपिल समेत गरेको छ ।
    सहयोगका लागि समाजको हुलाक खाता नम्बरः १०१००– ९१२८२९२१ मा रकम जम्मा गर्न सकिने छ । उनको अन्तिम संस्कार कसरी गर्ने भन्ने बारेमा छलफल भैरहेको समाजले जनाएको छ ।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र