• Breaking News

    3.16.2017

    कपिलको कमेडी शो छोडेर पन्जाबको मन्त्री बन्न पुगे सिद्धु !

     बिहीबार, ३ चैत, 

    नयाँ दिल्ली । कांग्रेस पार्टीकाे नेतृत्वमा भारतको पञ्जाब राज्यमा नयाँ मन्त्रीमण्डल गठन भएको छ । मुख्य मन्त्री अमरिंन्दर सिंह बनेका छन् भने चर्चित पुर्व क्रिकेटर नवजोत सिंह सिद्धु  पनि मन्त्री बनेका छन् । 

    मन्त्रीमण्डलमा अन्य ६ मन्त्रीहरु र दुई राज्यमन्त्री सहित नौ सदस्य रहेका छन् । नवगठित मन्त्रीमण्डललाई पन्जाबका गभर्नर भिपी सिंह बेद्नोरले सपथ ग्रहण गराएका थिए ।सपथको क्रममा मुख्यमन्त्री सिंहले अंग्रेजी भाषाको प्रयोग गरेका थिए सिद्धुले पन्जाबी भाषामा सपथ लिएका थिए ।

    भारतका चर्चित पुर्व क्रिकेटर नवजोत सिंह सिद्धु अमृतसर इस्टबाट चुनाव जितेपछि मन्त्री भएका हुन् । चर्चित कमेडी शो कपिल शर्मा शोमा अतिथिको भूमिकामा देखिने गरेका सिद्धुले बिहिबार मात्रै मन्त्री पदको सपथ लिएका हुन ।

    क्रिकेटबाट सन्यास लिएपछि राजनीतिमा लागेका सिद्धुले अमृतसरबाट ४२ हजार भन्दा बढि भोटले चुनाव जितेका थिए । पहिले भाजपा पार्टिमा रहेका उनी यहि जनवरीमा मात्रै कांग्रेसमा प्रवेश गरेका हुन् । उनले पहिले संसदमा भाजपा पार्टिबाट अमृतसरको प्रतिनिधित्व गरेका थिए ।

    सपथको क्रममा सिद्दुले सरकारका मुख्य मन्त्री क्याप्टेन अमरिन्दर सिंहको खुट्टा छोएका थिए । सिद्धु पहिलो पटक मन्त्री बनेका हुन् । सिद्धुको जन्म सन् १९६३ अक्टोबरमा पटियालामा भएको थियो ।

    आफ्नो पालाका चर्चित क्रिकेटर सिद्धु हाल विभिन्न टिभी शो हरुमा देखिने गर्छन् । साथसाथै क्रिकेटको कमेन्ट्री पनि गर्ने गर्छन् ।
    via :nepalipatra.com

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र