• Breaking News

    3.07.2017

    राजविराज घटनाको रहस्य खोल्दै एमालेले भन्यो, ‘नेतृत्वको सामुहिक हत्याको प्रयास भयो’

    मङ्लबार, फाल्गुन २४, २०७३

    काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सप्तरीको राजविराजमा नेतृत्वको सामुहिक हत्याको प्रयास भएको रहस्य खोलेको छ ।

    पार्टी केन्द्रीय कार्यालयमा विशेष पत्रकार सम्मेलन गरेर एमालेले मेची महाकाली अभियान अन्र्तगत राजविराजमा आयोजित सभामा नेतृत्वको सामुहिक हत्या गर्ने गरी षड्यन्त्र गरिएको दावी गरेको छ ।

    महासचिव ईश्वर पोखरेलले जारी गरेको विज्ञप्तीमा एमालेको नेतृत्व पंक्तीको सामुहिक रुपमा हत्या गर्ने उद्देश्यले राजविराजमा आतंक मच्चाईएको उल्लेख छ ।

    पत्रकार सम्मेलनमा उपाध्यक्ष भीम रावलले शान्तिपुर्ण रुपले कार्यक्रम सुरु हुना साथ मञ्चतर्फ ताकेर बम प्रहार भएको बताए । उनले भने, ‘मञ्चतर्फ ताकेर बम प्रहार गरियो । कार्यक्रमस्थललाई तीन तीबाट घेराबन्दी गरियो । गाउँ गाउँबाट भाला र हतियार सहित आउन उत्तेजित बनाईयो । यो हामी नेतृत्व पंक्तीको हत्या प्रयास हो ।’

    यस्तै महासचिव पोखरेलले गृह मन्त्री विमलेन्द्र निधिको उत्तेजक र एमाले विरोधी अभियव्यक्ती पनि घटनाको कारक भएको आरोप लगाए । उनले भने, ‘गृह मन्त्री जना मानिसहरुले एमालेलाई लखेट्न आदेश दिए । मधेशी मोर्चाका कार्यकर्ताहरुले हाम्रो शान्तिपुर्ण कार्यक्रममा आक्रमण गरे । यसको सम्पुर्ण दोष मोर्चा र सरकारले लिनुपर्छ ।’

    एमालेले सुक्षाकर्मीमाथी बम प्रहार गर्ने, एमालेका सवारी साधनमाथी ढुङगा मुढा प्रहार गर्ने र कार्यक्रमस्थलमा आउने बाटोमा बम राख्ने जस्ता आततायी गतिविधीहरुप्रति भत्र्सना गरेको छ ।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र